पर्वतको दुक्तानका गुरुङ समुदायका महिलालाई पोषाक वितरण - News site from Nepal
पर्वतको दुक्तानका गुरुङ समुदायका महिलालाई पोषाक वितरण

पर्वत- पर्वतको महाशीला गाउँपालिका वडा नं. ५  स्थित दुक्तानमा रहेको गुरुङ समुदायका महिलाहरुलाई पोषाक वितरण गरिएको छ ।
गुरुङ समुदायको पहिचान र संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले समुदायका २० जना महिलाहरुलाई रु ५० हजार रुपैया मुल्य बरारबका पोशाक वितरण गरिएको हो ।
महाशिला गाउँपालिकाका प्रवक्ता तथा वडा नंं. ५ का अध्यक्ष जीवन विक्रम उच्चैले सोमवार समुदायमै पुगेर एक कार्यक्रम गरि महिलाहरुलाई पोषाक वितरण गर्नुभएको हो ।
पछिल्लो समय होम-स्टे सेवा समेत संचालन भएको दुक्तानमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्न र गुरुङ संस्कृतिको पहिचानको प्रवद्र्धन गर्नका लागि पहिलोपटक पोषाक वितरण गरिएको उच्चैले जानकारी दिनुभयो ।
उहाँले वडा नंं ५ को लामे र ढाँडखर्कमा रहेको बस्तिमा समेत पोषाक वितरण गर्ने तयारी गरेको बताउनुभयो । ती दुई वस्तिमा २५ घर गुरुङ समुदायका रहेका छन् ।
गुरुङ समुदायको भेषभुषा,संस्कृति र परम्परा हाम्रो पहिचान हो अध्यक्ष उच्चैले भन्नुभयो । यिनीहरुको राम्रो संरक्षण, प्रचार प्रसार र प्रवद्र्धन गर्न सके आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढ्ने र त्यसले स्थानीयको आयआर्जनमा समेत सुधार हुने उद्धेश्य वडा कार्यालयले लिएको छ ।
पोषाक वितरण कार्यक्रमको अध्यक्षता याम गुरुङ र संचालन भिम गुरुङले गर्नुभएको थियो ।
सो अवसरमा स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि र स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!