
काठमाडाैं : नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयले आज विहान सार्वजिनक गरेको तथ्यांकमा थप नौ जनामा संक्रमण पुष्टि भएको हो। राष्ट्रिय प्रयोगशाला काठमाडाैमा गरिएकाे परीक्षणमा मकवानपुरका ३७ वर्षीय पुरुष र भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका ८ जना पुरुष रहेका छन्।
नेपालमा कोरोनाकाे संक्रमण २३ जिल्लामा फैलिएकाे छ।
प्रदेश १ का तीन जिल्ला, प्रदेश २ का सात जिल्ला, बागमती प्रदेशका ४ जिल्ला, गण्डकी प्रदेशका २ जिल्लामा यसकाे संक्रमण देखिएकाे छ। यस्तै प्रदेश पाँचका पाँच जिल्ला र सुदूरपश्चिमका दुई जिल्लामा यसकाे संक्रमण देखिएकाे हाे।