कास्कीको लुम्ले केन्द्रबिन्दु बनाएर भुकम्प गयो, पर्वतमा पनि ठुलो धक्का महसुस - News site from Nepal

पर्वत – कास्कीको लुम्लेलाई केन्द्रबिन्दु बनाएर आइतवार राती ८ः४५ बजे भुकम्प गएको छ ।
राती ८ बजेर ४५ मिनेटको समयमा गएको भुकम्पको धक्का पर्वत, कास्की, स्याङ्जा, बागलुङ् लगायतका जिल्लामा महसुस गरिएको थियो । भुकम्प मापन केन्द्रका अनुसार यो २०७२ सालकै भुकम्पको पराकम्पन भएको बताईएको छ । ५ दशमल २ म्याग्नेच्युटको भुकम्प गएको केन्द्रले जनाएको छ ।
भुकम्पले हल्लाएपछि पर्वत सदरमुकाम कुश्माबजारका बासिन्दा घर वाहिर निस्किएका थिए । भने ग्रामीण क्षेत्रका बासिन्दा पनि त्रसित बनेका छन् ।
अहिलेसम्म क्षतिको विवरण भने आउन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!