प्रधानमन्त्री ओलीले आज बिहान ११ बजे संसदलाई सम्बोधन गर्दै - News site from Nepal
प्रधानमन्त्री ओलीले आज बिहान ११ बजे संसदलाई सम्बोधन गर्दै

 काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्।
सरकारको दुई वर्षे उपलब्धिबारे सदनलाई जानकारी दिन प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले बिहान ११ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्रीले शुक्रबार नै सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो।
तर, राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको शुक्रबार निधन भएपछि निर्धारित कार्यक्रम स्थगित भएको थियो।
उपाध्यायको निधनपछि शोक परेकाले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्रीले गर्ने सम्बोधन स्थगित गर्न माग गर्दै संसद सचिवालयमा पत्र पठाएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!