काँग्रेस पर्वतका नेता तिवारी कोरोना नियन्त्रणमा सक्रिय, ७० हजार थान मास्क वितरण - News site from Nepal

रोशन तिवारी
पर्वत-
नेपाली काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारीले कोभिड १९ को महामारी फैलिन नदिन र समूदायमा मास्कको प्रयोग बारे जनचेतना जागृत गर्न शुरु गर्नुभएको छ । तिवारीले जनस्वास्थ्यको रक्षा गर्न भन्दै मास्क बितरण गर्न शुरु गर्नुभएको हो ।
आफ्नो व्याक्तिगत लगानीमा तिवारीले जिल्लाभर ७० हजार थान मास्क वितरण गर्न थालेको जानकारी दिनुभयो । तिवारीले नेपाली काँग्रेस पर्वत जिल्ला कार्यसमिति, जिल्लाका ६१ वटै वडा कार्यसमिति, नेपाल शिक्षक संघको जिल्ला तथा सातै स्थानीय तहका तहगत समितिलाई मास्क हस्तान्तरण गर्नुभएको छ । आज बाट उहाँले मास्क वितरणको थालनी गर्नुभएको छ ।
नेपाली काँग्रेसले आयोजना गरेको विरोध प्रदर्शन कार्यक्रममा सहभागी भएका सबैलाई तिवारीले आज मास्क वितरण गरेर अभियान शुरु गर्नुभएको छ । उहाँले नेपाली काँग्रेस जिल्ला कार्यसमितिलाई १ हजार थान र सबै ६१ वटा वडाका कार्यसमितिका लागि ६१ हजार थान मास्क आज नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशी, संघीय साँसद लालकाजी गुरुङ मार्फत जिल्ला सभापती खिमप्रसाद भुसाललाई हस्तान्तरण गर्नुभयो ।
जिल्ला मार्फत ति मास्क वडाका सभापतीले लगेर गाउँ गाउँमा बितरण गर्ने जनाईएको छ । नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिलाई आज संघको कार्यालयमा पुगेर १ हजार वितरण गर्नुभएको छ । शिक्षक संघका जिल्ला अध्यक्ष केशव भण्डारीलाई तिवारीले मास्क हस्तान्तरण गर्नुभयो । उहाँले कोरोना भाईरसको रोकथाम र नियन्त्रणका लागि आफुले सक्दो सहयोग गरेको बताउनुभएको छ ।
सरकारले कोरोना नियन्त्रणमा चासो नदिएको बताउँदै तिवारीले तत्कालका लागि पहिलो अभियान शुरु गरेको र आगामी दिनमा पुन ः आवश्यकता हेरेर थप सहयोग गर्ने तिवारीले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!