पर्वतमा भोलीदेखि बैंकहरु हप्ताको दुई दिन मात्र खुल्ने, सहकारी बन्द हुने - News site from Nepal

पर्वत– पर्बतमा रहेका बिभिन्न बित्तीय संस्थाहरु अब हप्ताको दुई दिनमात्र सञ्चालन हुने भएका छन् ।
बिहिबार जिल्ला प्रशासन कार्यलय पर्बतले एक बिज्ञप्ती प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । बित्तिय संस्थाहरु अब साताको दुई दिन बिहान ११ बजेदेखि दिनको २ बजे सम्म सञ्चालनमा आउने भएका हुन । बिहिबार प्रकाशित बिज्ञप्तीका अनुसार कामना सेबा बिकास बैक, राष्ट्रिय बाणिज्य बैक, नेपाल बंगलादेश बैक, मुक्तिनाथ विकास बैक, सेन्चुरी कमर्सियल बैक, ग्लोबल आईएमई बैक र नेपाल बैक आईतबार र बुधबार मात्र खुल्ने छन् ।
त्यसैगरी स्रागिला डेभलभमेन्ट बैक,एनआईसि एसिया बैक, गण्डकी बिकास बैक, प्राईम कमर्सियल बैक, एभरेष्ट बैक, गरीमा बिकास बैक र सनराईज बिकास बैक सोमबार र बिहिबार मात्र खुल्ला रहनेछन् ।
त्यस्तै कुमारी बैँक, कृषि बिकास बैक, देव बिकास बैक, प्रभु बैक, माछापुच्छे« बैंक र मेघा बैक मंगलबार र शुक्रबार खुल्ने सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमद्धारा हस्ताक्षरित बिज्ञप्तीमा जनाईएको छ ।
जिल्ला सदरमुकाम भन्दा बाहेक स्थानिय तहमा रहेका सबै बित्तिय संस्थाहरु प्रत्येक हप्ताको सोमबार र बिहिबार बिहान ११ बजेदेखि दिनको २ बजे सम्म सञ्चालनमा आउने छन् । साथै पर्बत जिल्ला भर रहेका सम्पुर्ण सहकारी संस्था, लघुवित्त, बिमा कम्पनी अर्का सुचना नआएसम्मको लागि बन्द रहने पनि बिज्ञप्तीमा जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!