पर्वतको नाङलीवाङमा चितुवाको आक्रमणबाट दुई घाईते - News site from Nepal
पर्वतको नाङलीवाङमा चितुवाको आक्रमणबाट दुई घाईते

पर्वत– पर्वतको जलजला गाउँपालिकामा बिहीवार दिउँसो चितुवाको आक्रमणवाट दुई जना घाईते भएका छन् ।
जलजला गाउँपालिका वडा नं. ८ नाग्लिवाङका ५६ बर्षिय गोविन्दवहादुर केसी चितुवाको आक्रमणवाट घाईते हुनुभएको हो । दिउँसो करिव साढे ३ बजेतिर खेतमा काम गरिरहेको अवस्थामा केसीलाई चितुवाले आक्रमण गरेको थियो । उनलाई बचाउन जाने क्रममा सोहि ठाउँका अर्का ३४ बर्षिय युवा कृष्ण परियार समेत सामान्य घाईते हुनुभएको छ ।
वडा नं. ८ का वडा अध्यक्ष हरि विकास जिसीका अनुसार चितुवाको आक्रमणवाट केसीको घाँटी र हातमा चोट लागेको छ । त्यस्तै परियारको हातको औलामा चोट लागेको छ ।


घाईते दुवैजनालाई उपचारको लागि धौलागिरी अञ्चल अस्पताल बागलुङ लगिएको छ । आक्रण गर्ने चितुवालाई स्थानीयले नियन्त्रणमा लिई जिल्ला बन कार्यालयलाई बुझाएका छन् । चितुवा समेत सामान्य घाईते अवस्थामा रहेको र अहिले उपचार भैरहेको जिल्ला बन कार्यालय पर्वतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!