बिभेदको घटना स्थानीयमा नै मिलापत्र पीडितलाई नै तिराइयो जरिवाना - News site from Nepal

याम परियार शिव
पर्वत –  गुल्मी जिल्लाको उत्तरतर्फ कालीगण्डकी गाउँपालिका वडा न ५ फोक्सिङ्ग भन्ने ठाउमा जातिय आधारमा दलित माथी चरम विभेद गरिएको छ । जात दलित भएका कारण उच्च जात भनिनेको घरमा कारणबस पस्दा १५०० जरिवाना तिर्नु परेको छ ।
यहि बैशाख २२ गते फोक्सिङ,साबिकको वडा न ८ मा माँयाँ परियारको मृत्यु भयको र अन्तिम दाह संस्कार गर्नका लागि फोक्सिङ्ग खानीगाउँ देउरालीबाट मृतकका आफन्त धन बहादुर, कौसिला र उनका छोरा श्याम परियार र अन्य केही साथीहरु सोँगा त्रिबेणि घाटमा अन्तिम संस्कार गरि फोक्सिङ्ग फर्किएका उनी बाटोमा आउदै गर्दा क्रममा चर्को हावाहुरि सङ्गै पानी परेकाले ओत लाग्न नेत्र काउछा मगरको घरको बरण्डा तथा पिँडिमा बसेका उनी गड्याङगुडुङ चट्याङको आवाज हावाहुरी चर्को पानी परेपछि बरण्डामा बस्न नसकी श्याम परियारका साथीहरु घर भित्र पसेका थिए । प्राकृतिक घटनाबाट बाच्नका लागि साथिहरुको आग्रहमा उक्त घरको कोठामा पसेका थिए ।
सानो जात घरभित्र पसेकाले आफ्नो घर तथा कुल अपबित्र भएको भनी पबित्र बनाउन पुजा पाठ बास्तु गर्नुपर्ने भन्दै घर सुद्द समेत गरेका थिए । रिम गाउँका नेत्र काउचा , स्थानीय बुद्धि जिबि लगायत अन्य स्थानिय बासिन्दाले बैसाख २२ गते बेलुका छलफल गरि सुरुमा सातहजार जरिवाना तिर्नु पर्छ भन्दै दबाव दिएका र अन्त्यमा अन्त्यमा १५०० जरिवाना रकम आफुसङ्ग मागेको र सोही रकम आफुले दिएको बाताइएको छ । उक्त घटनाका पिडक धन बहादुरले उक्त रकम तिर्न सकिँदैन यो कानुनसम्मत छैन भन्दा उल्टै तल्लो स्तरको गालिगलौज,हातपात तथा अभद्र ब्यवहार पनि गरिएको बताएका छन । जनप्रतिनिधिका तर्फबाट कालीगण्डकी गाउँपालिका ५, फोक्सिङका वडा अध्यक्ष थम्मन सिंह आलेले भने यो घटना आफुलाई थाह नभएको र वडा कार्यालयमा आजसम्म कुनै निवेदन नपरेकाले यसबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन ।
पिडित कौसिला परियार कालीगण्डकी गाउँपालिकाको कार्यपालिका सदस्य समेत रहेकी उनलाइ उनि कान्छी आमाको निधन भएको र आफू शोकमा रहेकाले समाजमा कायम जातिय बिभेदजन्य घटनामा पनि अन्य जानकारी गराउन नसकेको बताउनु भएको छ ।
हाम्रो मुलुकमा मौलाएको जातिय विभेद,कुरिती,कुसंस्कार जस्तो क्रुर निन्दनिय कार्य कार्यपालिका सदस्य जस्तो जनप्रतिनिधिलाई समेतलाइ यस्तो ब्यवहार गरिनु मुलुककै लागि निकै लज्जास्पद घटनाका रुपमा लिन सकिन्छ । राज्यले छुवाछूत बिभेदमुक्त रास्ट्र घोषणा गरिएको भएता पनि हाम्रो समाजमा घटेका यस्ता प्रकारका घटनाले मुलुकको चेतनास्तर र समृद्धिको गतिलाइ कहाँ पुर्याउछ ? भन्ने बिद्दमान प्रश्न यहाँनेर देखिएको छ जसको निराकरणका लागि राज्यले सशक्त कदम उठाउन आवस्यक छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2020 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari