नेपालमा संक्रमित हुनेको संख्या २४५ पुग्यो, थप २ जनामा कोरोना संक्रमण पुष्टि - News site from Nepal

काठमाडौं – नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २४५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान जारी गरेको विज्ञप्तिमा काठमाडौं चन्द्रागिरीका ३२ बर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिका छन् ।
यसअघि बुधबार बेलुकी स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयका अनुसार रुपन्देहीमा १२, कपिलवस्तुमा ८, पर्सामा ३ र नवलपरासीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण देखिएका हरुमा रुपन्देहीका २२, २२, २५, २८,३०,३२,३२,३३ र ४१ वर्षका पुरुषहरु ४,१०,२८ वर्षीया महिला छन् । त्यसैगरी कपिलवस्तुका २२,२९,३२,४०,४०,४०,४२,४२ वर्षीय पुरुष, पर्सा निवासी ३६ र ७४ वर्षीय पुरुष,३६ वर्षीया महिला र नवलपरासीका ३६ वर्षीय पुरुष छन ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!