
पर्वत– कोरोनाको समस्याका कारण लकडाउनमा बसेर अनलाईनबाट लायन्स क्लब अफ पर्बत गुतेश्वरको अघिबेशन सम्पन्न गरिएको छ । बुधबार सम्पन अधिबेशनबाट लायन्स क्लब अफ पर्बत गुतेश्बरको अध्यक्षमा सर्वसम्मत रुपमा यम प्रसाद शर्मा चयन हुनुभएको छ ।
त्यसैगरी प्रथम उपाध्यक्षमा अर्जुन पौडेल निर्जन, द्धितिय उपाध्यक्षमा कल्पना ढकाल, तृतिय उपाध्यक्षमा डाँसीराम अधिकारी, सचिब कृण्ण मल्ल, क्लब प्रशासन गणेश पौडेल, कोषाध्यक्ष मिना शर्मा, सहसचिब केदार केसी, सह सचिब लोक प्रसाद अधिकारी, क्लब मेम्बरसिप चियरपर्सनमा यम मेधासी, लायन कोओडिनेटरमा देबेन्द पौडेल, जोइन टेईसरमा नरेश क्षेत्री र डाईरेक्टरमा शुमन्त नाथ सुबेदी चयन भएको सामाजिक सञ्जाल मार्फत जानकारी गराईएको हो ।
लायन्स क्लब अफ पर्बत गुतेश्बरका अध्यक्ष मुना शर्मा लामिछानेको अध्यक्षतामा अघिबेशन सम्पन्न भएको हो । उहाँले आगामि अध्यक्ष तथा सम्पुर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।