पर्वत अस्पतालका स्वास्थ्यकर्मिमाथि बिरामीका कुरुवा र आफन्तवाट हातपात - News site from Nepal

पर्वत– पर्वत जिल्ला अस्पतालका चिकित्सक र स्वस्थ्यकर्मी माथि बिरामी र आफन्तवाट हातपात गरिएको छ । बुधवार बिरामीहरुको उपचारमा संलग्न रहेका चिकित्सक र नर्सहरुमाथि अस्पतालमा भर्ना भएका बिरामीका आफन्त र कुरुवाहरुले हातपात गरेको बताइएको छ । जिल्ला अस्पतालद्धारा एक प्रेस विज्ञप्ती जारी गर्दै कोरोना संक्रमणको उच्च जोखिमका बीचमा पनि अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि भएको हातपात र दुव्र्यवहारले आफुहरुको मनोबलमा आँच पु¥याएको भन्दै दोषी माथि कडा कारवाहि गर्न आग्रह गरेका छन् ।
बुधवार विहान मर्निङ राउण्डको परिक्षणमा आक्रमणको प्रयास भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । यद्यपी विज्ञप्तीमा आक्रमण गर्नेहरु को हुन भन्ने बारे खुलाईएको छैन ।
घटनाको उचित छानविन गरी दोषीमाथि कडा कारवाहि नगरिए अस्पतालका आकस्मिक सेवा बाहेक अन्य सवै सेवाहरु पुर्ण रुपमा ठप्प पार्ने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!