
बलेवा– वागलुङ नगरपालिका वडा नम्वर १४ नारायणस्थान कोलपाटा मा रहेको आधारभुत विद्यालयमा आर्थिक सोत जुटाउने उदेश्यले श्रीमद्भागवत धनधान्याञ्चल महायञ सुरु भएको छ ।
महायज्ञको उद्घाटन गर्दे बागलुङ नगरपालिकाका उप प्रमुख सुरेन्द्र खड्काले असल सभ्यता र सस्कृति निर्माणका लागि शिक्षा अत्यावश्यक भएको बताउनु भयो । उपप्रमुख खड्काले शिक्षानै सबै असल सभ्यता र सस्कृतिको जग भएको बताउनुभयो ।
विद्यालयले शिक्षा क्षेत्रको विकास गर्ने उदेश्यले आयोजना गरेको महायज्ञ सफलताको शुभकामना व्यक्त गर्दे विद्यालयको शैक्षिक सुधारको लागी नगरपालिकाको तर्फवाट सक्दो सहयोग गर्ने वताउनु भयो ।
महायज्ञ मुल आयोजक समितिका संयोजक नरवहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थी अनुस्का खत्रीले लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
महायज्ञको पहिलो दीन १ लाख १ सय २५ सहयोग गर्दे विद्यालयका संस्थापक अध्यक्ष जगत वहादुर जिसी सभानायक वन्नु भएको थियो । महायज्ञमा पहिलो दीन ३ लाख ७० हजार नगद शंकलन भएको छ ।
महायज्ञ मुल आयोजक समितिका महासचिव रत्न वहादुर खत्रीले स्वागत गर्नु भएको उद्घाटन कार्यक्रमको संचालन सहायक प्रधानध्यापक कृृष्ण प्रसाद सुवेदीले गर्नु भएको थियो । महायज्ञ उद्घाटन हुनुपूर्व शोभायात्रा सहित नारायणस्थान क्षेत्र परिक्रममा गरिउको थियो । आगामी ७ गते सम्म संचालन हुने महायज्ञमा वालव्यास पण्डीत नारायण न्यौपानेले संगितमय कथा प्रवचन गर्नुहुने छ ।
समय सापेक्ष गुणस्तरिय शिक्षा प्रदान गर्न एवं विद्यालयमा भौतिक पुर्वाधार निर्माण गर्न महायज्ञ आयोजना गरिएको वडा अध्यक्ष चक्रवहादुर खत्रीले वताउनु भयो ।
नर्सरी देखी कक्षा ८ सम्म अग्रेजी माध्यम वाट पढाई हुने विद्यालयमा १ सय १० विद्यार्थी अध्यनरत रहेको जनाईएको छ ।