पर्वत – फलेवास नगरपालिकाकी लेखा अधिकृत यशोदा सुवेदीले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर जन्मदिन मनाउनु भएको छ ।
आफ्नो २४ औँ जन्मदिनको अवसरमा सुवेदीले फलेवास नगरपालिका–४ मुडिकुवामा अवस्थित गहते अम्बोट आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीलाई कापी, कलम वितरण गर्नुभएको हो । सुवेदीले विद्यालयमा अध्ययनरत ७६ जना विद्यार्थीलाई बिहिवार एक कार्यक्रमको आयोजना गरि शैक्षिक सामग्री वितरण गर्नुभएको हो ।
फजुल खर्च बचाएर विद्यार्थीको अध्ययनमा सहज पु¥याउने हेतुले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको सुवेदीले बताउनु भयो । ‘पहिलो पटक बालबालिकाका माझ जन्मदिन मनाउँदा निकै खुशी लागेको छ,’उहाँले भन्नुभयो । साथै उहाँले विद्यार्थीलाई समेत फजुल खर्च बचाएर जीवनोपयोगी काममा लगाउन सुझाव दिनुभयो । शैक्षिक सामग्री पाउँदा विद्यार्थी दंग परेका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनाथ कुृवँरले जन्मदिनका अवसरमा फजुल खर्च गरि तडकभडक रुपमा मनाउने पछिल्लो पुस्तालाई सुवेदीको यो कार्यले समाज परिवर्तनको सन्देश दिएको बताउनु भयो । उहाँले सबैको सहयोगले विद्यालय आज जिल्लाकै नमुना बन्न सफल भएको समेत दावी गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक ओमकार पौडेलले सहयोगी सुवेदीलाई धन्यवाद दिँदै जन्मदिनको अवसरमा विद्यालयप्रति देखाएको माया र सद्भावले हौसला थपेको बताउनु भयो ।
विद्यालयका अध्यक्ष कुवँरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष बाबुराम शर्मा, अभिभावक किरण पौडेल, धुव्र नमुना माविका पूर्व प्रध्यानाध्यापक भवानीराज तिवारी, अतिथी अनिश पौडेल र विद्यार्थी निमेश तिवारी लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । शिक्षक मोती च्वाई र शिक्षिकाा शुभेच्छा शर्माले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य शुभेक्षा शर्मा र कार्यक्रमको संचालन शिक्षक मोती च्वाईले गर्नुभएको थियो ।