पर्वत- पर्वत जिल्लाका ६ वटा सडकका लागि थप १० करोड रकम विनियोजन भएको छ । प्रतिनिधि सभाका सांसद पदम गिरीका अनुसार चालु आर्थिक बर्षमा नै खर्च गर्ने गरी पर्वत जिल्लाका सडकका लागि थप १० करोड रकम विनियोजन भएको हो । गत बर्ष रणनैतिक सडक अन्तर्गत बर्गिकरणमा राखेर संघिय सरकारबाट बजेट थप गरिएका सडकहरुलाई नै यस बर्ष रकम थप गरिएको सांसद गिरीले जानकारी दिए । प्रत्येक निर्वाचन क्षेत्रका सडकमा १० करोड रकम उपलब्ध गराउने मन्त्रालयको निर्णय अनुसार पर्वतमा ६ सडकका लागि उक्त रकम विनियोजन गरिएको सांसद गिरीको भनाई छ ।
थप रकम अन्तर्गत कुश्मा देखि दुर्लुङ हुँदै क्याङ सडकका लागि २ करोड रकम थप भएको छ । यसैगरी सहस्रधारा देखि पाङ टार हुँदै ततरकोटसम्म पुग्ने सडकका लागि पनि २ करोड रकम विनियोजन भएको छ । साइकलचोक देखि गहतेपोखरा हुँदै ठुलिपोखरी पुग्ने सडकको समेत स्तरोउन्ननी हुनेछ । उक्त सडकका लागि २ करोड रकम विनियोजन भएको छ ।
यसैगरी वहाकी देखि रानीपानी बर्राचौर हुँदै रानीपानी जोड्ने सडकको लागि समेत २ करोड रकम थप भएको छ । संघले रणनैतिक सडक अन्तर्गत राखेको कुश्माको छमर्के खुर्कोट हुँदै हलहले जोड्ने सडकका लागि चालु आवमै खर्च गर्ने गरी १ करोड रकम विनियोजन भएको छ । उता, कालीगण्डकी लोकमार्ग अन्तर्गत माझफाँट घुमाउने ताल देखि माझफाँट कुश्मा मिर्मि सडकको सिमा जोड्ने सडकका लागि समेत १ करोड रकम थप भएको सडक डिजिभन कार्यालय पोखराले जनाएको छ । यो सडक रणनैतिक सडक अन्तर्गत यस बर्षको नयाँ सडक हो ।
बजेट विनियोजन भएका सडक मध्ये साइकल चोक देखि गहतेपोखरा हुँदै ठुलिपोखरी जोड्ने सडक र कालीगण्डकी लोकमार्गको सडक डिभिजन सडक कार्यालय पोखरा मार्फत हुँदैछ भने बाँकी सडकहरुको काम डिभिजन सडक कार्यालय बागलुङले गर्नेछ । बजेट विनियोजन भएका सडक मध्ये साइकल चोक देखि ठुलिपोखरी सडक, कुश्मा देखि दुर्लुङ हुँदै क्याङ सडक तथा सहस्रधारा पाङ टार हुँदै ततरकोट सडकलाई गत बर्ष देखि नै संघिय सांसद गिरीले संघिय रणनैतिक सडक अन्तर्गत राख्दै आएका थिए । उनले यी सडकहरु आफ्नो कार्यकाल भित्र रणनैतिक सडक अन्तर्गत सवै खण्ड कालोपेत्र गर्ने गरी काम गरिने बताउँदै आएका छन ।
यसैगरी बहाकी देखि रानीपानी हुँदै बर्राचौर सडकको स्तरोउन्नती गरी कालोपत्रेका लागि समेत गत बर्ष देखि संघको रणनैतिक सडकमा सुचिकृत सांसद गिरीले गरेका थिए । प्रत्येक निर्वाचन क्षेत्रका सांसदको सिफारिसमा बजेट विनियोजन गर्ने नेपाल सरकारको योजना बमोजीम गिरीले यी सडकहरुलाई महत्वपूर्ण सडकको रुपमा सुचिकृत गरेका हुन । जिल्लाका बाँकी सडकहरु प्रदेश र संघका अन्य कार्यक्रमहरु मार्फत कालोपत्रेको चरणमा पुगेको बताउँदै सांसद गिरीले यी सडकहरु रणनैतिक सडक कार्यक्रम अन्तर्गतप कालोपत्रे गर्ने गरी काम भईरहेको जानकारी दिए ।
संघिय सांसदको निर्वाचनमा आफूले जिल्लाका सवै मुख्य सडक कालोपत्रे गर्ने प्रतिबद्धता गरे बमोजीम आफू लागि परेको सांसद गिरीको भनाई छ ।
पछिल्लो पल्ट राष्ट्रिय लोकमार्गको रुपमा रहेको उत्तर दक्षिण सडक जोड्ने कालीगण्डकी लोकमार्गमा पनि बजट थप भएको छ । कालीगण्डकी लोकमार्गको मिर्मिदेखि पर्वतको सेतीबेणीसम्मको सडकको ट्रयाक्क खन्ने र स्तरोउन्नती गर्ने कार्यका लागि समेत ४० करोड रकम संघिय सरकारबाट विनियोजन गरिएको सांसद गिरीले जानकारी दिए । उक्त ट्रयाक पुरा भए पछि कुश्मा देखि कालीगण्डकी लोकमार्ग हुँदै सिधै बुटवल, सुनौतिसम्मको यात्राको नयाँ ट्रयाक तयार हुने गिरीको विश्वास छ ।