update : पर्वतको दुर्लुङमा पहिरोले दुई घर पुरिए – दुईको मृत्यु, सात वेपत्ता - News site from Nepal

पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङमा पहिरो जाँदा दुई घर पुर्ण रुपमा पुरिएका छन् । पहिरोमा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य  सात जना वेपत्ता भएका छन्। घटना स्थलमा भर्खरै पुग्नु भएका प्रहरी निरिक्षक बुद्धि सुवेदीका अनुसार पहिरोले पुरिएर अन्य सात जना वेपत्ता बनेका छन् । उनिहरुको खोजी कार्य भैरहेको । पहिरोले स्थानीय तुलबहादुर थापा र कमला विकको घर पुरिएको हो ।
पहिरोमा पुरिएर मृत्यु भएका तुलबहादुरकी श्रीमती मिनकुमारी थापा र नातिनी विविशा थापाको शब फेला परेको प्रहरीले जनाएको छ । अन्यको खोजी भैरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!