साउदीमा कोरोना संक्रमित नेपालीको संख्या ६ सय ७४ पुग्यो - News site from Nepal
साउदीमा कोरोना संक्रमित नेपालीको संख्या ६ सय ७४ पुग्यो

काठमाडौं –  साउदी अरबमा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुने नेपालीको संख्या ६ सय ७४ पुगेको छ ।
रियादस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार हालसम्म साउदीमा ११ जना महिलासहित ६७४ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । दूतावासका अनुसार यो हालसम्मकै सबैभन्दा धेरै संक्रमित नेपालीको संख्या हो ।
सबैभन्दा बढी साउदी अरबको पूर्वी क्षेत्रमा ३ सय ३६ जना, रियाद क्षेत्रमा १ सय ७५ जना, कसिम क्षेत्रमा ३ जना, पश्चिम क्षेत्र मक्का, मदिना, जेद्दा र जजानमा १ सय ४८ जना, हायल क्षेत्रमा ३ जना र अन्य स्थानमा ९ जना नेपालीहरु संक्रमित भएका नेपाली दूतावास रियादले जनाएको छ। संक्रमित भएका मध्य केही नेपाली निको भइ काममा फर्किसकेका छन् ।
साउदीमा कोरोना भाइरसबाट सबै देशका नागरिक गरी कुल संक्रमितको संख्या ४२ हजार ९ सय २५ पुगेको छ । मंगलबार थप १ हजार ९ सय ११ जनामा संक्रमण भएको छ । मंगलबार एकै दिन २ हजार ५ सय २० जना निको भएका छन् ।
कूल संक्रमितहरु मध्ये हालसम्म १५ हजार २ सय ५७ जना निको भएका छन् । साउदीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या हालसम्म मंगलबार ९ जना सहित २६४ जना संक्रमितको मृत्यु भएको छ ।
दूतावासका अनुसार साउदी अरबमा कोरोना संक्रमण सुरु भएदेखि विभिन्‍न कारणले ३१ नेपाली नागरिक को मृत्यु भएको छ।ती मध्य कोरोनाका कारण भने एक जना नेपालीले ज्यान गुमाएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!