नतिजामुखी काम गर्न कर्मचारीलाई मन्त्री लम्सालकाे निर्देशन - News site from Nepal
नतिजामुखी काम गर्न कर्मचारीलाई मन्त्री लम्सालकाे निर्देशन

बन्दिपुर,तनहुँ

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले नतिजा आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । वन निर्देशनालय पोखराको आयोजनामा तनहुँको बन्दीपुरमा आज आयोजित मन्त्रालय मातहतका कार्यालयको प्रथम चौमासिकको समिक्षा कार्यक्रममा मन्त्री लम्सालले औपचारिकता मात्रै निभाउने नभई प्रष्ट देखिने गरी नतिजामुखी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

  1. मन्त्री लम्सालले भन्नुभयो, “काम गर्दा श्राद्ध गरे जस्तो मात्रै नहोस्, त्यसको नतिजा प्रष्ट रुपमा देखिनुप¥यो ।” बजेट खर्च गर्नुभन्दा पनि नतिजामुखी काम सम्पन्न भए त्यसको प्रभावकारिता रहने मन्त्री लम्सालको भनाई थियो । काम गर्ने शिलशिलामा कुनै ऐन, कानुनले रोकेको भए बाधा अड्काउ फुकाएर काम गर्ने सहज वातावरण बनाउन प्रदेश सरकार तयार रहेको मन्त्री लम्सालले बताउनुभयो ।

मन्त्री लम्सालले वन र उद्योगमा आधारित रोजगारमूलक व्यवसाय प्रबद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । तनहुँ र नवलपुर जिल्ला बाहेक अन्य जिल्लामा काठ उत्पादन नबढेकोमा चिन्ता व्यक्त गर्दै मन्त्री लम्सालले त्यसतर्फ ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो । मन्त्री लम्सालले देश सङ्घीय प्रणालीमा गइसकेकोले कर्मचारीलाई केन्द्रिकृत मानसिकता त्याग्नुपर्ने बताउनुभयो । “कर्मचारीमा अझै पनि केन्द्रिकृत मानसिकता कायमै छ, त्यसले प्रभावकारी काम हुन नसकेको जस्तो देखिएको छ,” मन्त्री लम्सालले भन्नुभयो, “सङ्घीयता सफल बनाउन कर्मचारीको पनि महत्वपूर्ण भूमिका रहन्छ ।”

समिक्षा कार्यक्रममा मन्त्रालय मातहतका एघार वटै जिल्ला वन कार्यालय, पर्वत र तनहुँस्थित भू तथा जलाधार व्यवस्थापन कार्यालय, प्रदेशस्तरीय वन्यजन्तु उद्धार पचभैया प्राणी उद्यानको प्रथम चौमासिक प्रगतिमाथि छलफल हुने मन्त्रालयका सचिव यमप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!