दलित पत्रकार संघ पर्वतको अध्यक्षमा साजन परियार - News site from Nepal
दलित पत्रकार संघ पर्वतको अध्यक्षमा साजन परियार

पर्वत– राष्ट्रिय दलित पत्रकार संघ नेपालको पर्वत जिल्ला शाखाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ ।
पर्वतको कुश्मा बजारमा सम्पन्न भएको प्रथम जिल्ला भेलाले साजन परियारको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । परियार फलेवास साप्ताहिकका प्रकाशक एवम् रेडियो शालिग्रामका समाचार सहसम्पादक हुन् । पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँमा जन्मिएका परियार विगत ५ बर्षदेखी पर्वतको पत्रकारितामा सक्रिय छन् । उनी नेपाल पत्रकार महासंघ पर्वतका सदस्य र नेपाल प्रेश युनियन पर्वत शाखाका सचिव भएर काम गदै आएका छन् ।समितिको उपाध्याक्षमा ठाकुर रसाईली, सचिवमा दिपेश विश्वकर्मा, सहसचिवमा लक्ष्मण विश्वकर्मा र कोषाध्याक्षमा सिर्जना नेपाली चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा दिपक रसाईली, सुमित विश्वकर्मा, सुरेश परियार, बृद्धि परियार र रमेश रसाईली चयन हुनुभएको छ । भेलाले दुई सदस्य भने रिक्त राखेको छ । भेलाले प्रदेश संयोजकमा डिलवहादुर विक, याम परियार शिव र लिवियाना चौहानलाई चयन गरेको छ । समितिको अको बैठकले सल्लाहकार चयन गर्ने जनाएको छ । तत्कालिन दलित पत्रकार मञ्च पर्वतका अध्यक्ष डिलवहादुर विकको अध्यक्षतामा भेला सम्पन्न भएको हो ।
भेलालाई सम्बोधन गदै जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि पौडेलले समानतामूलक समाज निर्माण सँगै जातीय विभेद अन्त्यका लागि दलित समुदायका सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । दलित समुदायका पत्रकार एक भएर अघि बढ्दा सिंगो दलित समुदायलाई प्रेरणा मिल्ने उहाँको भनाई छ । साथै उहाँले अन्य पत्रकारहरुलाई दलित समुदायको समस्यामा जोडेर विभेद रहित समाज निर्माण गर्न भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गणेश पौडेलले पत्रकारिता पेशालाई फराकिलो पार्न सबैले विभेद रहित रुपमा खुल्ला हृदयका साथ काम गर्नुपर्ने बताउनु भयो ।पत्रकारिता पेशामा धेरै चुनौतीहरु रहेको भन्दै मेहनत गरी अघी बढ्न आग्रह समेत गर्नुभयो ।


कार्यक्रममा पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले दलित समुदायका पत्रकारहरु एकिकृत भएर स्वच्छ समाज निर्माण गर्नुपर्ने बताउनु भयो । उहाँले दलित समुदायका समस्या र आन्दोलनमा पत्रकार महासंघको सँधै साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गनुभयो ।
राष्ट्रिय दलित पत्रकार संघ नेपाल गण्डकी प्रदेशका संयोजक दिपक परियारले दलित समुदायका पत्रकारलाई अभिावकत्व प्रदान गर्न राष्ट्रिय दलित पत्रकार संघ नेपाल गठन गरिएको बताउनु भयो । उहाँले दलित समुदायका विचार र मुद्धालाई बलियो बनाउन नै संगठित भएको बताउँदै हरेक जिल्ला जिल्लामा संगठन विस्तार भईरहेको जानकारी दिनुभयो ।
प्रेस युनियन पवतका उपाध्याक्ष रोशन तिवारीले दलित पत्रकारहरुका मुद्धामा प्रेश युनियन पर्वतको सँधै साथ र सहयोग रहने उद्घोष गर्नुभयो ।
कार्यक्रममा कान्तिकारी पत्रकार संगठनका सचिव बैकुण्ठ गिरीले समाज विस्तार परिवर्तन हुँदै गएपनि अभिव्यक्तिको क्षुद्रतालाई अन्त्यगर्ने गरि संगठनले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!