
पर्वत- पर्वतमा थप पाँच जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा मोदी गाउँपालिकाका ११ वर्षिय पुरुष तथा कुश्मा नगरपालिका वडा नं. ५का ६५ वर्षिय एक पुरुष तथा कुश्मा नगरपालिका वडा नं. १० का ५६, ५६ वर्षिया दुई महिलामा पुष्टि भएको छ ।
त्यसैगरी लाईफ केयर एण्ड डाईग्नोष्टिक प्रालि पोखरामा गरिएको पििरक्षमा कुश्मा नगरपालिका वडा नं. ६ का ५५ वर्षिय एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
सवैजना कन्ट्राक्ट ट्रेसिङवाट पहिचान भएका हुन् । उनिहरुलाई आईशोलेशनमा व्यवस्थापन गर्ने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । यो सँगै पर्वतका संक्रमितको संख्या २ सय २७ पुगेको छ ।