पहिचान नहूँदा पर्वत अस्पतालमा चार दिनदेखि वेवारिसे शव अलपत्र - News site from Nepal

पर्वत- वेवारिसे अवस्थामा भेटिएको शव पहिचान नहँुदा विगत चार दिनदेखि पर्वत अस्पतालमा अलपत्र बनेको छ ।
पर्वतकै कुश्मा नगरपालिका वडा नं. ९ कटुवाचौपारी स्थित पाटेश्वरी मन्दिर नजिकै गत बुधवार दिउँसो भेटिएको एक पुरुषको शव आफन्तहरु सम्पर्कमा नआउँदा अस्पतालकै शबगृहमा अलपत्र बनेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार अन्दाजी ५०/५५ वर्षिय पुरुषको शब पोष्टमार्टमका लागि शवगृहमा राखिएको तर पहिचान खुल्न नसकेको र कोहि आफन्त पनि सम्पर्कमा नआएकोले षोष्टमार्टम समेत हुन सकेको छैन ।
प्रहरीले सुचना जारी गरी सम्वन्धित घरपरिवार वा आफन्त प्रहरीको सम्पर्कमा आउन आग्रह गरेको छ । प्रहरीले मृतकको हुलिया समेत सार्वजनिक गरेर सम्पर्कमा आउन आग्रह गरेको हो ।
मृतकको साथमा कुनै कागजात, र व्यक्तिगत सामानहरु समेत नभएकाले पहिचान गर्न गाह्रो भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक मनिष श्रेष्ठले जानकारी दिनुभयो ।
उक्त व्यक्तिको केहि दिन पहिलेनै मृत्यु भएको देखिन्छ । शव गन्ध आउने र छाला समेत सडिसकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
रातो सेतो, कोठे सर्ट, भित्र कालो टिसर्ट र कालो पाईन्ट लगाएका ती पुरुषको पहिचान हुन नसकेपछि शब व्यवस्थापनमा समस्या परेको श्रेष्ठले बताउनुभयो ।
तीन/चार दिनसम्म पनि कोहि सम्पर्कमा नआएकोले उक्त पुरुष अन्य कुनै जिल्लाबाट पर्वतमा मजदुरीका लागि आएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!