नेपालमा पछिल्लो २४ घण्टामा ८२ जनामा काेराेनाकाे सङ्क्रमण - News site from Nepal
नेपालमा पछिल्लो २४ घण्टामा ८२ जनामा काेराेनाकाे सङ्क्रमण

काठमाण्डाै – पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार ८२ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितकाे कुल सङ्ख्या १६ हजार आठ सय एक पुगेको छ ।

पछिल्ला केही दिनमा नेपालमा काेराेना सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । १९ गते सात सय २० जनामा कोरोना देखिएको थियो । २० गते दुई सय ३२ जनामा, २१ गते दुई सय ९३ जनामा, २२ गते एक सय ८० जनामा, २३ गते दुई सय चार जनामा, २४ गते दुई सय ५५ जनामा, २५ गते एक सय आठ जना, २६ गते एक सय १८ जना, २७ गते ७० जना र आइतबार ८२ जनामा कोरोना पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अहिले आठ हजार एक सय ७४ जना कोरोना सङ्क्रमित विभिन्न अस्पतालका आइसोलेशनमा उपचाररत रहेका छन् । आइतबार एक सय ४७ गरी आजसम्म आठ हजार पाँच सय ८९ जना निको भएर घर फर्किएका छन् । काेराेना सङ्क्रमणकाे कारण ज्यान गुमाउनेकाे सङ्ख्या अहिलेसम्म ३८ छ ।

आइतबार पीसीआर विधिबाट तीन हजार नाै सय १६ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म दुई लाख ८३ हजार पाँच सय १५ जनाको पीसीआर परीक्षण भएको छ । अहिले देशभरिका क्वरेण्टीनमा २३ हजार सात सय ८४ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2020 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari