इनरह्वील क्लव अफ पर्वतको अध्यक्षमा सापकोटा - News site from Nepal
इनरह्वील क्लव अफ पर्वतको अध्यक्षमा सापकोटा

पर्वत- पर्वतमा सामाजिक सेवामा सक्रिय इनरह्वील क्लव अफ पर्वतको छैंटौ पदस्थापना समारोह कुश्मावजारमा सम्पन्न भएको छ ।
क्लवका वर्ष २०१९/२० का अध्यक्ष जलन खत्री केसीले वर्ष २०२०/२१ का अध्यक्ष अनिता सापकोटा चापगाईलाई पद तथा जिम्मेवारी हस्तान्तरण गर्दै पदस्थापन समारोह सम्पन्न भएको हो । पदस्थापन समारोहमा अध्यक्ष सापकोटा सहित १३ सदस्यीय नयाँ कार्यसमितिले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै अध्यक्ष अनिता सापकोटा चापागाईले यस वर्ष कोभिड-१९ ले महिलामा पारेको प्रभाव न्यूनिकरण गर्न पहल गर्ने, शैक्षिक कार्यक्रमहरुलाई निरन्तरता दिने, सामाजिक सचेतनामा जोड दिने, महिलाको सीप अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने, मेगा स्वास्थ्य शिविर सञ्चालन लगायतका कार्यक्रम लाइ निरन्तरता दिने प्रतिबद्दता व्यक्त गर्नुभयो ।

समारोहमा क्लवका वर्ष २०१९÷२० का अध्यक्ष इनरह्वील जलन खत्री के.सी. ले आफ्नो कार्यकाल सफल वनाउन योगदान गर्ने सहयोगी व्यक्तित्व, संघसंस्थालाई सम्मान अर्पण गर्दै आफ्नो कार्यकालमा सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्रालाई शैक्षिक सहयोग, विद्यालयलाई कम्प्युटर तथा प्रिन्टर सहयोग, स्वास्थ्य शिविरको आयोजना,व्यवसायिक सम्मान लगायत महिलाहरुको क्षमता विकासको लागि तालिम गोष्ठी, विपन्न छात्रा अक्षय कोषको शुरुवात जस्ता कार्यक्रमहरु सम्पन्न गरेको वताउनु भयो । कोभिड–१९ को कारण सृजित विषम परिस्थितीले क्लवका धेरै वार्षिक कार्यक्रमहरु अधुरो रहेको भन्दै यस वर्ष सम्पन्न हुने अपेक्षा व्यक्त गर्नु भयो ।

समरोहमा अध्यक्ष खत्रीले वर्ष २०२०÷२१ का अध्यक्ष इनरह्वील अनिता सापकोटा चापगाईलाई पद तथा जिम्मेवारी हस्तान्तरण गर्दै आँफू निवर्तमा वन्नु भएको थियो । पद तथा जिम्मेवारी ग्रहण गर्दै वर्तमान अध्यक्ष अनिता सापकोटा चापागाईले यस वर्ष कोभिड–१९ ले महिलामा पारेको प्रभाव न्यूनिकरण गर्न पहल गर्ने,

शैक्षिक कार्यक्रमहरुलाई निरन्तरता दिने, सामाजिक सचेतनामा जोड दिने, महिलाको सीप अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने, मेगा स्वास्थ्य शिविर सञ्चालन लगायतका कार्यक्रम प्रस्तुत गर्नु भयो । आफ्नो कार्यकालको वार्षिक कार्यक्रम प्रस्तुतीसंगै अध्यक्ष सापकोटाले आफ्नो वोर्डको पदस्थापना गराउनु भएको थियो ।

यसरी पदस्थापित हुने वर्ष २०१०÷२१ का क्लव पदाधिकारीहरुमा नि.वर्तमान अध्यक्ष जलन खत्री के.सी., उपाध्यक्ष गंगा शर्मा, सचिव खिममायाँ पाईजा गिरी, कोषाध्यक्ष मिना जोशी, आईएसओ सिता शर्मा, इटिडर सरिता शर्मा रहनु भएको छ । यसै गरी क्लवको वोर्ड सदस्यमा सुजता वि.पौडेल, तुलसी वि.पौडेल गिता गिरी, लक्ष्मी उपाध्याय, गौरी गिरी र थुमा पौडेल अधिकारी रहेको क्लवका सदस्य गिता गिरीले जानकारी दिनु भयो ।

क्लवमा विभिन्न व्यवसाय तथा सामाजिक क्षेत्रमा सहभागी महिला अगुवा ६ जनालाई इन्डक्ट गरिएको थियो । यसरी नयाँ प्रवेश गर्ने नयाँ सदस्यहरुमा लायन्स क्लव अफ कुश्मा सिटीका पुर्व अध्यक्ष सरस्वती शर्मा जिज्ञासु लगायत हुनुहुन्छ । पदस्थापना समारोहमा अमरटिका प्रतिष्ठान, नेपालसंग सहकार्यमा हरेक वर्ष प्रदान गर्दै आएको इनरह्वील व्यवसायिक सम्मान वितरण गरिएको थियो ।

यसरी सम्मानित हुनेमा पर्वत जिल्ला, कुश्मानगरपालिका, वडा नं. ९, कटुवाचौपारी निवासी व्यवसायिक तरकारी कृषक लक्ष्मी शर्मा लम्साल हुनुहुन्छ । यसै गरी प्रतिष्ठानको सहयोगमा यस वर्ष देखि क्लवले असल गृहणी सम्मानको शुरुवात गरेको छ । इनरह्वील असल गृहणी सम्मान यस वर्ष कुश्मानगरपालिका, वडा नं. ५ कुश्मावजार निवासी मिना कुमाललाई प्रदान गरिएको छ ।

दुवैजनालाई प्रमाणपत्र, दोसल्लाको साथमा जनही पाँच हजारको दरले नगद पुरस्कार प्रदान गरिएको क्लवले जनाएको छ । क्ववले कक्षा १ देखि उच्च शिक्षासम्म हरेक वर्ष कम्तिमा एक जना विपन्न असाह्य वालिकालाई शैक्षिक सहयोग गर्ने उद्देश्यले एक अक्षयकोषको शुरुवात गरिएको छ । अमरटिका प्रतिष्ठान, नेपालको सहयोगमा स्थापित इनरह्वील लसा विपन्न छात्रा शैक्षिक सहयोग अक्षयकोषको शुभारम्भ एक लाखवाट गरिएको छ ।

प्रतिष्ठानको तर्फवाट इनरह्वील क्लवका संस्थापक अध्यक्ष लक्ष्मी कुमारी मेधासी र सावित्री खत्री क्षेत्रीले एक लाख रुपैयाँ सो समारोहमा अध्यक्षद्वय खत्री तथा सापकोटालाई हस्तान्तरण गर्नु भएको थियो । यसै गरी क्लवको तर्फवाट पर्वत जिल्ला अस्पतामा स्थापित विपन्न उपचार राहतकोषमा २१ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिएको थियो ।

पदस्थापना समारोहमा प्रमुख अतिथिको आसनवाट वोल्दै वह्माकुमारी राधिकाले समाज परिवर्तनको लागि यस किसिमका संस्थाहरुको भुमिका अहम हुने वताउँदै हामीले आफ्नो अन्तरमनलाई परिवर्तन नगरेसम्म समाज परिवर्तन गर्न नसकिनेमा जोड दिनु भयो । भौतिक सहयोगको साथ साथै मानिसमा रहेका विकारहरुलाई त्याग्न प्रोत्साहित गर्नुपर्ने उहाँले वताउनु भयो ।

हरेक संकटवाट मुक्ती पाउन राजयोग अभ्यास गर्नुपर्ने उहाँको भनाई थियो । विशिष्ट अतिथिको आसनवाट वोल्दै रोटरी क्लव अफ पर्वतका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले इनरह्वील इन्टरनेशनल महिलाहरुको विश्व भरकै अनुकरणीय संस्था भएको वताउनु भयो । उहाँले पर्वत जिल्लामा इनरह्वील क्लव स्थापना भई महिलाहरुको नेतृत्व क्षमता विकास, व्यवसायिकता र उद्यमशिलता प्रवद्र्धन, सामाजिक भावनाको अभिवृद्धि गर्न अग्रणी भुमिका खोलेकोमा खुशी व्यक्त गर्नु भयो ।

कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष लक्ष्मी कुमारी मेधासी, रोटरी क्लव अफ पर्वतका अध्यक्ष रमेश शर्मा, अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडी, क्लवका पुर्व अध्यक्ष चन्द्रकला लम्साल पौडेल, रोट्याक्ट क्लव अफ पर्वत पोखराका अध्यक्ष अनिता सोती र सम्मानित व्यक्तित्व लक्ष्मी शर्मा लम्साल लगायतले सामाजिक रुपान्तरणमा इनरह्वील क्लव अफ पर्वतको भुमिका वारे चर्चा गर्नु भएको थियो ।

निवर्तमान अध्यक्ष खत्रीको शुभारम्भ तथा वर्तमान अध्यक्ष सापकोटाको अध्यक्षतामा सम्पन्न पदस्थापना समरोहमा स्वागत मन्तव्य पुर्व अध्यक्ष जमुना अधिकारीले, धन्यवाद मन्तव्य गंगा शर्माले र कार्यक्रमको सञ्चालन क्लवका सचिव खिममायाँ पाईजा गिरीले गर्नु भएको थियो । यसै विच राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था नेष्डो नेपाल, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड, अमरटिका शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास प्रतिष्ठान, नेपालले इनरह्वील क्लव अफ पर्वतलाई सामाजिक साझेदारको रुपमा सहकार्य गर्ने वताएका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2020 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari