पर्वतमा थप दुई सहित गण्डकीमा थपिए १५ जना संक्रमित - News site from Nepal
पर्वतमा थप दुई सहित गण्डकीमा थपिए १५ जना संक्रमित

पर्वत – गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमित थपिए सगँ गण्डकीमा कोरोना संक्रमितको सख्या १२ सय नजिक पुगेको छ ।

गण्डकी प्रदेशमा १ हजार १ सय ९२ कोरोना संक्रमितको संख्या पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा थप १५ जना नयाँ संक्रमित फेला परेका हुन् ।

तनहुँमा ६ जना, पर्वत, लमजुङ र बागलुङमा २/२ जना, नवलपुर, स्याङजा र गोरखामा १/१ जनामा कोरोना संक्रमण देखिएको स्वाथ्य निदेशनालय गण्डकीका निर्देशका डा विनोद विन्दु शर्माले जानकारी दिए ।

तनहुँको ब्यास नगरपालिकाका ५२ वर्षीय एकजना पुरुष, ऋषिङ गाउँपालिकाका १९, ३० र ५६ वर्षीय ३ जना पुरुष र भानु नगरपालिकाका ४० वर्षीय एकजना पुरुष छन् । त्यस्तै, पर्वतका फलेबास र महाशिला गाउँपालिकाका २८ र ३४ वर्षीय २ जना पुरुष, बागलुङको जैमिनी र ढोरपाटन नगरपालिकाका ३४ र २४ वर्षीय २ जना पुरुषमा कारोना संक्रमण देखिएको शर्माले जानकारी दिए ।

नवलपुर बर्दघाट सुस्तापूर्वका २२ वर्षीय एक महिला, स्याङजा भिरकोट नगरपालिकाका ५६ वर्षीय एक जना पुरुष र गोरखाको सिरानचोक गाउँपालिकाका २३ वर्षीय एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, लमजुङका मध्यनेपाल नगरपालिकाका २३ वर्षीय एकजना पुरुष र बेंशीसहर नगरपालिकाका ३० वर्षीय पुरुष रहेका छन् । संक्रमित सबै सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा रहेको र जिल्लाको आइसोलेसन वार्डमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए ।

संक्रमित मध्ये ७ सय ३६ जना निको भएर घर फर्किएका छन् । गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!