पर्वतमा थप १३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २२ पुग्यो - News site from Nepal

पर्वत – पर्वतमा थप १३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै पर्वतमा संक्रमितको संख्या २२ पुगेको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्वतमा थपिएका संक्रमित मध्ये कुस्मा नगरपालिकाका १० जना रहेका छन । पैंयु गाउँपालिकाका १ जना, विहादी गाउँपालिकाका १ जना, अर्का एक ठेगाना नखुलेको १ जना रहेका छन् ।
उनिहरु सवै पुरुष रहेका छन् । कुश्मा नगरापलिकाका १९,२०,२३,२८,२९,३७ र ४५ वर्षको पुरुष, मनिपाल अस्पतालमा उपचाररत कुश्मा नगरपालिकाकै ३५ वर्षिय पुरुष र पैंयु गाउँपालिकाका १ जना २० वर्षिय पुरुष, विहादी गाउँपालिकाका ३२ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये कुश्मा नगरपालिकाका ३५ वर्षिय पुरष मनिपाल अस्पतालमा उपचाररत रहेका छन् । अर्का एक ३२ वर्षिय पुरुषको स्थान खुलेको छैन ।
यस अघि पर्वतमा ९ जनामा कोरोना पुष्टि भएको थियो । उनिहरुको पर्वतकै कोरोना अस्थायी अस्पतालमा उपचार भैरहेको छ भने अवस्था सामान्य रहेको छ ।
यो सगँ गण्डकी प्रदेशमा कोरोना संक्रमितको सख्या १ सय ८८ पुगेको छ । ति मध्ये १ जनाको मृत्यु भएको छ भने ११ जनालाई निको भएको छ ।
शुक्रवार गण्डकीमा ३७ जनामा कोरोना संक्रमण देखिएको हो । गण्डकी प्रदेशका चार जिल्ला स्याङजामा २२ जना, पर्वतमा १३ जना, तनहुँ र नवलपुरमा एक एक जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनुभयो । ए ।
गण्डकी प्रदेशमा स्याङजामा ६० जना, बागलुङ जिल्लामा ४० जना, नवलपुरमा ३८ जना, गोरखामा १५ जना, पर्वतमा २२ जना, कास्कीमा ५ जना, तनहुँमा चार जना, म्यादीमा तीन जना र लमजुङमा एक जनामा कोरोना संक्रमण देखिएको छ ।
गण्डकी प्रदेशका ११ जिल्ला मध्ये मनाङ र मुस्ताङ एउटा पनि संक्रमित व्यक्ति देखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!