सिडियो आफै बजार अनुगमनमा निस्केपछि ………………!! - News site from Nepal
सिडियो आफै बजार अनुगमनमा निस्केपछि ………………!!

पर्वत– लकडाउन खुकुल्लो पारिएसंगै पर्बतमा सोमबार बजार अनुगमन गरीएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतले आईतबार लकडाउन केहि खुकुल्लो पारेसंगै सोमवारअनुगमन लाई तिब्रता दिएको हो ।
प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल सहितको टोलिले बजार भित्र अनुगमन गरेको हो । लकडाउन कायमै रहेपनि अत्यावश्यक सेवाका विभिन्न कामहरु सञ्चालन गर्न भनिएको भएपनि अन्य शैक्षिक संस्थाहरु, सिनेमा घर, धार्मिक स्थल, होटल बार तथा रेष्टुरेण्ट, सैलुन लगायत अन्य मान्छेहरुको बढी भीड हुने क्षेत्रहरुको अबस्थाको बारेमा बुझन् अनुगमन गरीएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिनुभयो ।
उहाँका अनुसार कृषि तथा पशुपक्षीजन्य सेवा तथा सामाग्री, स्वास्थ्य सम्बन्धि सामाग्री, पुस्तक पसलहरु खाधाख्न्न फलफुल, तरकारी, पानी, दुध, ग्यास र पेट्रोलियम पदार्थ, औगाधिक कच्च पर्दाहरु विकास आयोजनाका उपकरण तथा निर्माण सामाग्री बोकेका सवारी साधनहरु सञ्चालनमा आउने छन ।
तर सम्बन्धीत सबारी साधनहरुको लागि भने पास अनिवार्य गरीएको पनि उहाँले बताउनुभयो । यसैगरी निर्माणजन्य सामग्रीको ढुवानी, बैंकिङ सेवा सञ्चालन, कृषिजन्य वस्तु उत्पादन र विक्रिवितरण गर्नलाई छुट दिइएको पनि उहाँले बताउनुभयो ।
अनुगमनको क्रममा केहि पास बिनाका सवारि साधनहरु नियन्त्रणमा लिएको भएपनि अन्यत्र बजारको अबस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलय पर्बतका प्रमुख डिएसपि श्यामु अर्यालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!