पर्वतको मोदी गाउँपालिकामा योजनाको अनुगमन पुनः शुरु - News site from Nepal
पर्वतको मोदी गाउँपालिकामा योजनाको अनुगमन पुनः शुरु

पर्वत– जिल्लाको मोदी गाउँपालिकामा योजनाहरुको अनुगमन कार्य पुनः शुरु भएको छ । लक डाउन अघि नै योजनाहरुको निर्माण कार्यको अनुमगनमा जुटेको गाउँपालिकाले लक डाउन पछि सवै निर्माण कार्य रोकेको थियो । लक डाउन खुकुलो बनाउँदै निर्माणको काम अघि बढाउने सरकारको नीतिसंगै गाउँपालिकामा रोकिएका अधिकांश योजनाहरुको निर्माण कार्य शुरु भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीका अनुसार निर्माण कार्यलाई गाउँपालिकाले अघि बढाएको हो । यो संगै निर्माण कार्यको गाउँपालिकाका उपाध्यक्ष सेती महत, प्रमुख प्रशासकीय अधिकृत क्षेत्री, इन्जिनियर नविन शाही सहितको टोलीले आयोजनाहरुको अनुगमन कार्य शुरु गरेको छ । लक डाउनको असर नभएको खण्डमा वैशाख मसान्त भित्र अधिकांश आयोजनाहरुको निर्माण कार्य सक्ने योजना गाउँपालिकाले लिएको थियो ।
प्रशासकीय अधिकृत क्षेत्रीले लक डाउनका कारण केहि योजनाहरु असार मसान्तसम्म पनि नसकिने सम्भावना बढेको छ । उपभोक्ता समिति मार्फत सम्पन्न हुने आयोजनाहरुमा भने निर्माण कार्यलाई तिव्रता दिने गरी ताकेता गरिएको क्षेत्री बताउँछन् ।
कामदारको अभाव भएको अवस्थामा बाहेक सवै योजनाहरुलाई सुचारु गर्न निर्देशन दिइएको उपाध्यक्ष महतले बताईन । निर्माण कार्य सम्पन्न भएका योजनाहरुको भुक्तानी कार्य पनि निरन्तर भईरहेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!