प्रमुख समाचार

पर्वतबाट नेकपा गण्डकी प्रदेशको सचिबालयमा चार नेता

By लोकतन्त्र अनलाईन

March 12, 2020

पर्वत– नेपाल कम्युनिष्ट पार्टी नेकपा गण्डकी प्रदेश कमिटिको सचिवालयमा पर्वतबाट चार जना नेता मनोनित हुनुभएको छ । पर्वतमा लामो समयदेखि सक्रिय रुपमा राजनीति गर्दै आउनुभएका चार नेताहरु बुधवारको बैठकले मनोनित गरेको हो । जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद पदम गिरी यस अघिनै सचिबालय सदस्य बन्नुभएको थियो भने गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल, जिल्ला समन्वय समितिका संयोजक तथा नेकपा प्रदेश कमिटि सदस्य मनोहरबी पौडेल र प्रदेश कमिटि सदस्य तथा जिल्ला सचिब सुदिँप कुँवर बुधवार चयन हुनुभएको हो । यस अघि तेह्र सदस्यीय मात्रै सचिबालय बनेकोमा बुधवार विस्तार गरिएको हो ।