गाउँपालिका प्रमुख राजु प्रसाद पौडेलले सिधा बससेवा सञ्चालन भएपछि यात्रुलाई सहज हुने जानकारी दिनुभयो । बससेवाले पर्यटन भ्रमण वर्षलाई समेत सहयोग पुग्ने विश्वास गाउँपालिकाले लिएको छ । पर्यटकीय हिसाबले पनि अगाडि रहेको गाउँपालिकामा बस सेवा संचालनबाट सहज तरीकाले कम खर्चमा रहेका बिभिन्न पर्यटकीय स्थलहरुको अबलोकनमा टेवा पुग्ने गाउँपालिकाले अपेक्षा गरेको छ । नारायणगढ देखि महाशिला गाउँपालिका सम्म भण्डै २ सय किलोमिटर दुरी रहेको छ । अबको एक हप्ता भित्रनै सिधा बस सेबा सञ्चालन गर्ने गरी तयारी भएको गाउँपालिकाका प्रबक्तmा जिबन उचै ठकुरीले जानकारी दिनुभयो । उहाँका अनुसार बस सेबा सञ्चालनमा आएसंगै प्रत्येक दिन ७ बजे लुँखु देउरालीबाट बस छुट्ने छ ।