प्रमुख समाचार

पर्वत कांग्रेसद्धारा जलजलाको नवगठित तरुण दलको समितिलाई बधाई तथा सम्मान

By लोकतन्त्र अनलाईन

January 12, 2020

ठाकुर रसाईली पर्वत– हालसालै मात्रै नबगठित भएको पर्वतको जलजला गाउँपालिका तरुण दलका सम्पुर्ण पदाधिकारीहरु तथा तरुण दल क्षेत्रीय कार्यसमितीलाई नेपाली कांग्रेस पर्वतको पार्टी कार्यलयमा एक कार्यक्रमका बिच बधाई तथा स्वागत सम्मान गरिएको छ । तरुण युवाहरूलाई बधाई दिँदै नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले नेपाली कांग्रेस जस्तो गौरवशाली पार्टीमा तरुणको भुमिका इतिहास देखि गर्विलो रहेको बताउँदै तरुण युवाहरू आफ्नो जिम्मेवारी अनुसार कांग्रेसलाई बलियो बनाउन लाग्न आह्वान गर्नुभयो । नेता जोशीले नेपाली कांग्रेसको आधिकारिक निति नियममुसार तरुण कार्यक्रम संचालन गर्न पनि अनुरोध गर्नुभयो । त्यस्तै अहिलेको कम्युनिस्ट सरकार संग जनताहरु आत्तिएको र जनतालाई संरक्षण गर्ने जिम्मा कांग्रेसमा आएकोले सबै अकिकृत भएर लाग्नुपर्ने बताउनुभयो । त्यस्तै नेपाली कांग्रेसका जिल्ला सभापति खिमप्रसाद भुसालले तरुण दललाई बधाई दिँदै कांग्रेसलाई बलियो बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेसले अक्तियार गरेका नितिनियम अनुसार तरुणहरुलाई लाग्न आग्रह गर्दै पार्टीको तर्फबाट संधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जलजला गाउँपालिका नब गठित तरुण दलका अध्यक्ष प्रकाश फगामी पुनले आफ्नो जिम्मेवारीलाई बहन गर्दै जलजला गाउँपालिका संगै समग्र जिल्लामा नेपाली कांग्रेसलाई बलियो बनाउन लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति खिम प्रसाद भुसालको सभापतित्वमा भएको कार्यक्रममा स्वागत जिल्ला कार्यसमिति सदस्य डा. चुडामणी शर्मा र संचालन जिल्ला कार्यसमिती सदस्य कुल प्रसाद उपाध्यायले गर्नुभएको थियोे ।