पर्वतका सफल उद्यमी तथा युवा व्यावसायी हमालले दिए सगरमाथाको आरोहण गर्ने दृष्टि बिहीनलाईसहयोग - News site from Nepal
पर्वत-  आगामी चैत्र महिनामा सगरमाथा आरोहण गर्ने अठोट गरेका बाग्लुङ जिल्लाको जैमिनी नगरपालिकाका दुष्टि बिहीन अमिट केसीलाई पर्वतका सफल उद्यमी तथा युवा व्यावसायीले दश हजार नगद सहयोग गरेका छन् ।

रोटरी क्लब अफ पर्वतका पूर्वअध्यक्ष एवम् शिव माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विप्लव हमालले उक्त नगर सहयोग गरेका हुन् ।

उद्योग बाणिज्य संघ पर्वतका सल्लाहकार समेत रहेका हमालले आँखा देखेर पनि अन्धा जस्तै भएको समाजमा दृष्टि बिहीन अमिट केसीले देखाएको साहसको सम्मानमा नगद दश हजार सहयोग गरेको जनाएका छन् ।

२९८औं पृथ्वी जयन्तीको अवसर पारेर आफूले साहसिक दृष्टिबिहीन अमिटलाई सहयोग गरेको हमालले रिपोर्ट नेपाललाई बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!