पर्वतमा लायन्स क्लवको रक्तदान कार्यक्रम सम्पन्न, २५ जनाले गरे रक्तदान - News site from Nepal

पर्वत– पर्वतको कुश्मामा आज भएको रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् ।
लायन्स क्लव पर्वत चौतारी, लायन्स क्लव अफ गुप्तेश्वर, लायन्स क्लव अफ भूमेकोट र सिसेफ नेपालको आयोजनामा कुश्मामा रक्तदान कार्यक्रम गरिएको हो । बागलुङ मेडिकल हलले कार्यक्रमको व्यवस्थापनमा सहयोग गरेको थियो । संकलन गरिएको रगत रक्त सञ्चार केन्द्र पोखरा पठाइएको छ ।
प्रमुख अतिथी कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले शिविरको उद्घाटन गर्दै रक्तदान जीवनदान भएकाले रक्तदानलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । लामिछानेले एकजनाको रगतले अर्को व्याक्तिको जीवन बाँच्ने भएकाले रक्तदान सबैभन्दा ठूलो धर्म समेत रहेको बताउनुभयो ।
लामिछानेले रगतको अभाव हुन नदिन लायन्स क्लवले निकै प्रसंसनिय कार्य गरेको बताउनुभयो ।
कार्यक्रममा लायन्स क्लवका डिपार्टमेण्ट अफिसरहरु कमलनाथ शर्मा र सरस्वती भण्डारी, जोन चियर पर्सन गोबिन्द सुबेदी, सिसेफ नेपालका अध्यक्ष विष्णुराज पुरीले बोल्नुभएको थियो । कार्यक्रममा स्वागत लायन्स क्लव अफ चौतारीका अध्यक्ष टंक लामिछाने, धन्यवाद गुप्तेश्वरका अध्यक्ष मुना लामिछाने र भूमेकोटका अध्यक्ष नवराज भण्डारीले कार्यक्रम समापन गर्नुभयो ।
कार्यक्रमको सञ्चालन गुप्तेश्वरका सचिव धनराज वि पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!