पर्वतमा किर्ते नागरिकता लिएको अभियोगमा तीन जना पुर्पक्षका लागि थुुनामा - News site from Nepal
File photo

पर्वत- एउटा ब्यक्तिको नाममा अर्को ब्यक्तिको फोटो टाँसी किर्ते नागरिकता बनाएको अभियोगमा तीन जना पुर्पक्षका लागि थुनामा परेका छन ।
पर्वत जिल्ला अदालतको आदेशले किर्ते नागरिकता काण्डमा मुछिएका तीनजना अभियुक्तलाई थप अनुसन्धानका लागि पुर्पुक्षका लागि थुनामा परेका हुन । पर्वत जिल्ला अदालतका न्यायधीश सुर्यबहादुर थापाको एकल इजलासले उक्त आदेश दिएको हो ।
पुर्पक्षका लागि थुनामा पर्नेमा मोदी गाउँपालिका वडा नं २ का टिमराज गुरुङ, मोदी गाउँपालिका २ का गोरबहादुर पुन र म्याग्दीको रघुगंङ्गा गाउँपालिका ४ बस्ने चप्रसाद गर्बुजा रहेका छन ।
पर्वतको मोदी गाउँपालिका वडा नं ३ देउरालीका चंखबहादुर पुन मगरका बाबु रुद्रबहादुर पुनले नोकरी गरेको ब्रिटिश सेनाको रेकर्डमा भएको नामथर टंकप्रसाद पुनबाट नक्कली नागरिकता बनाई म्याग्दी जिल्ला रघुगंगा गाँउपालिका गाउँपालिका नं ४ बस्ने चप्रसाद गर्बुजाको फोटो टाँसेर जिल्ला प्रशासन कार्यालयबाट राहदानीको सिफारिस लिने क्रममा उक्त काण्ड बाहिर आएको थियो ।
जिल्ला प्रशासन कार्यालयले शंका गरेर चप्रसाद गर्बुजा र पर्वतको मोदी गाँउपालिका वडा नं ३ देउराली बस्ने गोरबहादुर पुन मगरलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा मोदी गाउँपालिका २ देउपुरका टिमराज गुरुङ र गोरबहादुर पुन मगरको मिलेमतोमा बिभिन्न ब्यक्ति, संस्था र कार्यालयको समेत किर्ते छाप र लेटरप्याड प्रयोग समेत गरेको फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
अभियुक्तहरुले जननेत्र माध्यामिक बिद्यालयबाट र शिव आधारभुत बिद्यालयबाट बिभिन्न कागजातहरु बनाएको, चंखबहादुर पुन मगरको फोटो टासिएको टंकप्रसाद पुनको नामको नक्कली नागरिकता प्रमाण पत्र, चंखबहादुर पुन मगरको फोटो टासिएको टंकप्रसाद पुनकै नामको राहदानी, गोरबहादुर पुन मगरको फोटो टाँसिएको खुमप्रसाद पुनको नामको नक्कली नागरिकता प्रमाण पत्र, गोरबहादुर पुन मगरको फोटो टाँसिएको खुमप्रसाद पुनको नामको राहदानी, नेपाल सरकारको लोगो, मोदी गाउँपालिका ३ नं वडा कार्यालय देउराली पर्वत ४ नं, प्रदेश नेपाल २०७३ लेखेको नक्कली छाप, देवेन्द्र बहादुर क्षत्री वडा अध्यक्ष भएको नक्कली छाप समेत बरामद भएको छ ।
उनीहरुलाई लिखत सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी सम्पुणर् अनुसन्धान कार्य सम्पन्न गरि अदालतमा मुद्दा पेश गरिेएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!