लायन्स क्लब अफ पर्वत चौतारीको नयाँ नेतृत्व चयन - News site from Nepal
लायन्स क्लब अफ पर्वत चौतारीको नयाँ नेतृत्व चयन

पर्वत – हामी सेवा गर्छौ भन्ने मुल मन्त्रका साथ विश्का १५० भन्दा वढि मुलुकमा फैलिएको लायन्स कलव ईन्टरनेशन अन्र्तगत पर्वतमा क्रृयासील लायन्स कलव अफ पर्वत चौतारीले आगामी वर्ष का लागी नँया कार्यसमिती चयन गरेको छ ।
यही वैषाख २७ गते देखी माउण्टेन भ्यु होटलमा संचालित छैठौ साधारण सभा तथा पाँचौ अधिवेसन वाट निर्मल प्रधानको अध्यक्षतामा नयाँ कार्यसमीती चयन भएको हो उपाध्यक्ष तथा कोषाध्यक्षमा धेरैजनाको उमेदवारी परेपछी लामो वहस र छलफल वाट नेतृत्व चयन गरिएको कलवका अध्यक्ष टंकनाथ लामीछाने ले जानाकारी दिनुभयो लामीछानेकै अध्यक्षतामा संम्पन्न कार्यक्रमको प्रमुख अतिथि लायन्स लिडर को चिफ एडभाईजर वसन्त कर्मचार्य रहनुभएको थियो कमचार्यले कलवले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गदै लायन्सले समाजमा पारेको सकरात्मक प्रभावको चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा जोन चियर प्रसन गोविन्द प्रसाद शार्म, संस्थापक अध्यक्ष परशुराम पुरी, सस्थाको पुर्वअध्यक्ष तथा कमिटी को चियर प्रशन पुरुषोत्तम आचार्य नि वर्तमान अध्यक्ष ईश्वरी पाठक लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
निर्वचानवाट उपाध्क्षमा याम प्रसाद शार्मा,जानाकी कुमारी शर्मा,हरी विकास जि शि तथा प्रस्तावित उपाध्क्षमा राजेश पौडेल त्यसैगरि सचिवमा वल बहादुर पाठक, कोषाध्यक्षमा राजकुमार वस्नेत,यम यम सि मा तिलक राम पौडेल,कलव सर्भिस चियर प्रसन रमेश शर्मा तिवारी, सह सचिवमा धन पति आर्चाय,सहकोषाध्यक्ष गिरी वहादुर भण्डारी,एल सि आइएफ कोडिनेटर ओमकार श्रेष्ठ,रिपोटीङ्ग अफिसर ओम प्रसाद श्रेष्ठ, कलव माकेटिङ्ग चियर प्रसन प्रभा खड्का श्रेष्ठ, टेल टुस्टर गोपाल गौडेल लगायत र्निवाचित हुनुभएको निर्वचान अधिकृत परशुराम पुरीले जानाकारी दिनुभयो ।
सोही कार्यक्रममा प्रस्तावित सदस्य विनोद शार्मा तथा निलम विक लाई कलवमा स्वागत गरिएको थियो कार्यक्रमको संचालन सचिव राजेश पौडेल ले गर्नुभएको थियो । कलवले आगामि कार्यकाल तथा कलव संचालन का सम्वन्धमा आचार सहिता समेत पास गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2020 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari