सहकारीको पुँजीलाई स्थानिय स्तरमै लगानी गरी उत्पादन वृद्धि,रोजगारी सिर्जना गरःमन्त्री लम्साल - News site from Nepal

पर्वत,२०७६÷०९÷२६
पर्वतको फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटा स्थित नागढुङ्गा बचत तथा ऋण सहकारी संस्था लि.को सातौँ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । सुरक्षित लगानी हाम्रो चाहना,तपाईको सफलता हाम्रो कामना भन्ने मुल उद्देश्यका साथ सञ्चालन भईरहेको सहकारीले शनिवार सातौँ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न गरेको हो । तेस्रो अधिवेशनले पुरानै समितिलाई अनुमोदन गरेको छ ।
सातौँ साधारण सभा तथा तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले सहकारी संस्थाले ग्रामिण भेगका मानिसहरुको आर्थीक स्तर माथी उकास्न तथा सामाजिक हितका लागि आवश्यक सेवा सुविधा उपलब्ध गराउन ठुलो भुमीका निर्वाह गरेको बताउनुभयो । सहकारीे नाफामुखी भन्दा पनि सेवा मुखी बन्नुपर्नेमा जोड दिदै मन्त्री लम्सालले कृषि तथा पशुपालन,व्यापार,व्यवसाय गर्न ईच्छुक जोकोहीँलाई पनि सहकारीले ग्रायता दिनुपर्ने बताउनुभयो । ‘आर्थीक रुपमा आत्मनिर्भर बन्नको लागि कुनै न कुनै पेशा व्यवसाय गर्न हपरिहार्य हुन्छ, व्यवसाय गर्ने मानिसहरुलाई सहकारीले समेटेको हुनुपर्छ, मन्त्री लम्सालले भन्नुभयो,”सहकारीले गरिबको भावना बुझेको हुनुपर्छ ।
गरिबिको रेखामुनी परेका परेका नागरिकहरुको आर्थीक स्तर उकास्नको लागि सहकारीको भुमीका अतुलनिय हुने भन्दै मन्त्री लम्सालले सहकारीले रचतात्मक एवम् सिर्जनात्मक काम गनुपर्ने तथा समृद्धिको लागि सरकार सँग निरन्तर सहकार्य गनुपर्ने बताउनुभयो । सहकारी बाट नाफा भएको पुँजीलाई स्थानिय स्तरमै लगानी गरी आम्दानी तथा उत्पादन वृद्धि,रोजगारी सिर्जना गर्ने गरि काम गर्न उहाँले आग्रह गर्नुभयो । मन्त्री लम्सालले सहकारीलाई व्यवस्थीत र पारदर्शी बनाउन गण्डकी प्रदेश सरकारले नयाँ सहकारी ऐन बनाएको पनि जानकारी दिनुभयो ।
कार्यक्रममा फलेवास नगरपालिका वडा नं. १ का वडाध्यक्ष बाबुराम शर्मा, वडा नं. २ का वडाध्यक्ष गंगानारायण श्रेष्ठ लगाएतले बोल्नुभएको थियो ।
सहकारीका अध्यक्ष गिरीनारायण श्रेष्ठको अध्यक्षतामा,सहकारीका सदस्य काशीराम शर्माको स्वागत मन्तव्यमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सहकारीका कोषध्यक्ष दीर्घनारायण शर्माले गर्नुभएको थियो ।
तिन सय भन्दा बढी सियर सदस्य रहेको उक्त सहकारीको शेयर पुँजी ४५ लाख ८८ हजार रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!