पर्वतको रतीखोलामा पुल निर्माणमा कार्यरत मजदुरको मृत्यु - News site from Nepal
पर्वतको रतीखोलामा पुल निर्माणमा कार्यरत मजदुरको मृत्यु

पर्वत– पर्वतको मोदी गाउँपालिका वडा नम्बर–६ तिलाहार स्थित रतीखोलामा निमार्णाधिन पुलमा कार्यरत एक मजदुरको ज्यान गएको छ ।
मोटरेबल पुलमा काम गर्ने सप्तरीका ६० वर्षीय भोलानाथ चौधरीको अचानक पुलको काम गर्दै गर्दा एक्कासी बेहोस भएर ढलेका थिए । बेहोस अवस्थामा उपचारको लागि जिल्ला अस्पताल पर्वतमा पुर्याइएकोमा उनलाई चिकित्सकले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेका हुन् ।
उनको हृदयघातका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको पर्वत प्रहरी प्रमुख श्यामु अर्याललले जानकारी दिनुभयो । चौधरी केही समय पहिलेदेखि फेवा कन्स्ट्रक्सन प्रा.लिमा मजुदुरको रुपमा कार्यरत थिए ।
उनको मृत्यु शुक्रबारनै भए पनि आफन्त टाढा भएको र आउन समय लाग्ने हुने भएकोले शनिबार आज मात्र पोष्ट मार्टम गरी शवलाई आफन्तको जिम्मा लगाइएको प्रहरी प्रमुख अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!