लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
प्याजको मूल्य घट्यो, पहिलेको भन्दा आधा कम - News site from Nepal
प्याजको मूल्य घट्यो, पहिलेको भन्दा आधा कम

 काठमाडौं : भारतले नेपालतर्फ हुने प्याज निर्यातमा खुकुलो गरेपछि मूल्य पनि अप्रत्याशित रूपमा घट्न थालेको छ। एक सातायता मुलुकभर प्याजको मूल्यमा भारी गिरावट आएको छ।
वीरगन्ज र काँकडभिट्टामाजस्ता सीमावर्ती बजारमा सरदर प्रतिककिलो १०० रुपैयाँमा किनबेच भइरहेको समाचार नयाँ पत्रिका दैनिकमा छ।
काठमाडौंस्थित कालीमाटी तरकारी बजमार भने बिहीबार किलोको १३० रुपैयाँ थियो। कालीमाटीमा साताअघि (पुस १६) भारतीय प्याजको मूल्य १९५ रुपैयाँ थियो। ‘एक सातादेखि प्याज आयात खुकुलो भएको छ र भारतमै मूल्य घटेको छ,’ कालीमाटीका प्याजका थोक बिक्रेता प्रकाश गजुलरेलले भने, ‘यसको फाइदा नेपाली उपभोक्ताले पाएका छन्।’
व्यवसायीका अनुसार भारतमै सस्तिन थालेपछि केन्द्र सरकारले निर्यातमा कुनै बाधा गरेको छैन। यसका कारण नेपालमा दैनिक ५० टन आयात भइरहेको छ।
भारतीय विश्लेषकले अहिलेकै दरमा किसानको उत्पादन बजारमा ल्याइए एक महिनाभित्रै प्याजको खुद्रा मूल्य ३० भारुसम्म झर्न सक्ने अनुमान गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!