पर्वत– स्पेनको एक्स्ट्रिमुरा सरकारका संस्कृति, पर्यटन तथा खेलमन्त्री नुरिया फ्लोरेश रेडोन्डोको नेतृत्वमा लुम्बिनी फाउन्डेसनका पदाधिकारी सहितको टोलीले पर्वतका विभिन्न क्षेत्रको भ्रमण गरेको छ ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाईरहेका बेला राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहित स्पेनी मन्त्री नुरियाको टोलीले जिल्लाको सवैभन्दा उचाईमा रहेको कालाञ्जर क्षेत्र र एशियाकै ठुलो महाशीलाको अवलोकन गरेको हो । उनिहरुले यी क्षेत्रको प्रवद्र्धनमा सहयोग पु¥याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
शुक्रवार दिउँसो ११ बजे कालाञ्जर क्षेत्रमा आएको टोलीले केहि समय त्यहाँको अवलोकन गरी पुनः महाशीला पुगेको हो । पर्वतको मोदी गाउँपालिका वडा नं. १ डाँडाकमेरेमा हेलिकम्प्टर मार्फत आएको टोलीले उक्त क्षेत्रको सुन्दरता अवलोकन गरेको छ । सो अवसरमा स्थानीय मगर, गुरुङ, ब्रामण, दर्जि समुदायले आ–आफ्नो संस्कृति झल्कने गरी प्रस्तुतीहरु राखेका थिए ।
स्पेनका जनप्रतिनिधि र व्यावासयीहरुको टोलीले हिमालको शुन्दर दृश्यको आनन्द समेत लिएका थिए मोदी गाउँपालिकाले व्यवस्थापन गरेको उक्त अवलोकन भ्रमणका अवसरमा बोल्दै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सन् २०२० मा अपेक्षा गरेभन्दा पनि बढि बाह्य पर्यटक भित्र्याउनका लागि अन्तर्राष्ट्रिय समुदायको ठुलो भूमिका रहेको बताए ।
उनले यस्ता अवलोकन भ्रमणले पर्यटकीय स्थलको अन्तर्राष्ट्रिय स्तरमा समेत प्रचार प्रसार हुने बताउँदै संस्कृति मन्त्री नुरियालाई त्यस देशका नागरिकहरुलाई नेपाल घुम्नका लागि आव्हान गरिदिन आग्रह गरे ।
यसैगरी उक्त टोलीले एशियाकै ठुलो मानिएको महाशीला (ढुंगा)को पनि अवलोकन गरेको छ । पर्वतको महाशीला गाउँपालिका वडा नं. ५ लुंखुदेउरालीमा रहेको महाशीलामा पुगेको टोली ढुंगा देखेपछि दंग परेका थिए । सोहि अवसरमा महाशीला गाउँपालिकाको आन्तरिक भ्रमण वर्षको लोगो समेत स्पेनी मन्त्री नुरियाले सार्वजनिक गरेकी थिईन ।
तीन वटा हेलिकम्प्टरमा आएको उक्त उच्चस्तरीय टोलीमा लुम्बीनी गार्डेन फाउण्डेशनका संरक्षक निरज श्रेष्ठ, उपाध्यक्ष गोविन्द सुवेदी, महासचिब एकाराज गिरी लगायतको पनि सहभागिता रहेको थियो । उनिहरुकै पहलमा यो अवलोकन भ्रमण भएको बताईएको छ ।
सो अवसरमा स्पेनी मन्त्री सहितको टोलीलाई मोदी गाउँपालिकामै उत्पादन गरिएको अल्लोको कपडा र नेपालको झण्डा उपहारस्वरुप प्रदान गरिएको थियो । उक्त टोली शुक्रवारै महाशीलाबाट लुम्विनी पुगेको थियो ।
डाँडाकमेरेमा संचालित कार्यक्रमको संचालन मोदी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत किसान बहादुर क्षेत्रीले गर्नुभएको थियो भने गाउँ पालिकाका अध्यक्ष प्रेम पौडेलले स्वागत गर्नुभएको थियो महाशीलामा आयोजित कार्यक्रमको संचालन गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले गर्नुभएको थियो ।
समुन्द्री सतहबाट दुई हजार ४ सय १३ मिटर उचाईमा रहेको जिल्लाको उच्च स्थानमा रहेको भवरकोट आन्तरिक र वाह्य पर्यटकको रोजाईमा पर्न थालेको छ । माछापुच्छ्रे , अन्नपूर्ण , धौलागिरी लगायतका हिमालका दृश्य हेर्न पर्यटकहरु भवरकोट पुग्ने गरेका छन् । अहिले भवरकोट पुग्न पातीचौरबाट सिँडी सहितको पदमार्ग निर्माण गर्न शुरु भएको छ ।
कोटको टुप्पोमा भ्यूटावर बनाउन ,होमस्टे सञ्चालन गर्न र पहरोमा रक क्लाईम्विङ निर्माण लगायतका पूर्वाधार विकासको योजना समेत अगाडी बढेको मोदी गाउँपालिकाका अध्यक्ष पे्रमशर्मा पौडेलले जानकारी दिनुभयो । गतवर्ष तत्कालिन संस्कृति तथा पर्यटनमन्त्री स्व.रविन्द्र अधिकारी पुगेर भवरकोटलाई अन्तराष्ट्रिय गन्तव्य स्थल बनाउने बाचा गर्नुभएको थियो । अधिकारीको बाचा अनुसार पूर्वाधार विकासका काम भैरहेको अध्यक्ष पौडेलले बताउनुभयो ।