
पर्वत- पर्वतमा बिहीवार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा पर्वतको कुश्मा नगरपालिका वडा नं. ४ का एक जना ४५ वर्षिय पुरुष र वडा नं. ५ का २९ वर्षिय एक महिला र २८ वर्षिय एक पुरुषमा संक्रमण पुष्टि भएको हो । उनिहरु तीनैजना कन्ट्राक्ट टे्रसिङवाट पहिचान भएका हुन् ।
उनिहरुलाई नजिकको आईशोलेशनमा व्यवस्थापन गरिएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यो सँगै पर्वतमा कोरोना संक्रमितको सख्ंया ३ सय १६ पुगेको छ भने गण्डकी प्रदेशमा १३ हजार ७९ पुगेको निर्देशनालयले जनाएको छ ।