पर्वतको कटुवाचौपारीमा वेवारिसे शब फेला - News site from Nepal
पर्वतको कटुवाचौपारीमा वेवारिसे शब फेला

पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. ९ कटुवचौपारी स्थित पाटेश्वरी मन्दिर नजिकै एउटा वेवारिसे शब फेला परेको छ । बुधवार दिउँसो शब भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार तीन/चार दिन अघि मृत्यु भएको जस्तो देखिने शब अम्दाजी ५० वर्षिय पुरुषको हो । कालो जिन्स पाईन्ट र सेतो र रातो धर्से सर्ट लगाएका ती पुरुषको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
उक्त शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको प्रहरी निरिक्षक मनिष श्रेष्ठले जानकारी दिनुभयो । घटनाको बारेमा थप अनुसन्धान भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!