पर्वतका युवा व्यावसायी विप्लब हमाल नेपाली काँग्रेसको केन्द्रीय उद्योग व्यापार विभागमा मनोनित - News site from Nepal

पर्वत – नेपाली काँग्रेसको केन्द्रीय उद्योग व्यापार विभागमा पर्वतका युवा व्यावसायि विप्लब हमाल मनोनित हुनुभएको छ ।
पर्वतको जलजला गाउँपालिका वडा नं. ८ नाङलीवाङमा क्रसर उद्योग र पेट्रोेल पम्प संचालन गर्दै आउनुभएका सफल उद्यमी हमाललाई काँग्रेस सभापति देउवाले मनोनित गर्नुभएको हो । उहाँ उद्यम सँगसँगै सामाजिक संघ संस्थामा समेत आवद्ध हुनुहुन्छ ।

उहाँसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठन गरेका केन्द्रिय बिभागमा पर्वतका पाँच जना सदस्यले ठाउँ पाएका छन ।

नेपाली कांग्रेसले आइतबार र सोमबार गठन गरेका १० बिभाग मध्ये पर्वतका ५ जनालाई बिभागको सदस्यमा सभापति देउवाले मनोनयन गरेका हुन ।
यसैगरी कांग्रेसको केन्द्रिय संगठन बिभागको सदस्यमा गंगाधर तिवारी, राज्य प्रशासन बिभागको सदस्यमा राजेन्द्र तिवारी,  यातयात ब्यबसायी समन्वय बिभागको सदस्य सदस्यमा शिब सुबेदी र मुस्लिम बिभागको सदस्यमा सनम बेगमलाई मनोनित गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!