इनरह्वील क्लव अफ पर्वतद्धारा अलपेश्वर गुफाका भक्तजनलाई मास्क र सेनीटाईजर वितरण - News site from Nepal

पर्वत-पर्वतमा सामाजिक सेवामा क्रियाशिल इनरह्वील क्लव अफ पर्वतले कुश्मा नगरपालिका वढा नं. ९ अलपेश्वर गुफामा दर्शनका लागि आएका भक्तजनहरुलाई मास्क र स्यानीटाईजर वितरण गरको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणवाट जोगाउनका लागि मास्क र सेनीटाईजर वितरण गरिएको हो ।
कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. ९ का वडा सदस्य विन्दु पिसि, अलपेश्वर गुफा संरक्षण समितिका अध्यक्ष सुरेश पिसी, लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा धन्यवाद मन्तव्य क्लवका निवर्तमान अध्यक्ष जलन खत्रीले गर्नुभएको थियो भने संचालन सचिब खिममाया पाईजाले गर्नुभएको थियो । क्लवका अध्यक्ष अनिता सापकोटाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा स्वागत क्वलका पूर्व अध्यक्ष सावित्रि खत्री क्षत्रिले राख्नुभएको थियो ।
सो अवसरमा क्लवका अध्यक्ष सापकोटाले आफ्नो कार्यकालमा यस्तै सामाजिक कामहरुलाई निरन्तरता दिने बताउनुभयो ।

महामारीका बेला समाजमा जनचेतना समेत फैलियोस र संक्रमण हुनवाट जोगिउन भन्ने उद्धेश्यले नमुनाको रुपमा मास्क र सेनीटाईजर वितरण गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!