पर्वतको फलेवास नगरपालिकाको छैटौ नगर सभा सम्पन्न, केहि महत्वपुर्ण विधेयक पारित - News site from Nepal

पर्वत- पर्वतको फलेवास नगरपालिकाको छैटौ नगरसभा सम्पन्न भएको छ । विभिन्न विधेयक पारित गर्दै नगरपालिकाको छैटौ नगरसभा मंगलबार सम्पन्न भएको हो । नगर सभाले नगरप्रहरी संचालन तथा श्रमिक कल्याणकारी बिधेयक सर्वसम्मत पारित गरेको छ ।
नगरसभामा नगरपालिकाको नगर प्रहरी सञ्चालन विधयेक २०७७ विधायन समितीका संयोजक हरेराम रेग्मीले पेश गर्नुभएको थियो । त्यस्तै फलेवास नगरकार्यपालिकाको संगठन दरवन्दी संरचना संस्थागत विकास तथा विधायन समितीका संयोजक गंगानारायण श्रेष्ठले टेबल गर्नुभएको थियो । नगरपालिकाको श्रमिक कल्याण कोष २०७७ सम्बन्धिको विधेयक नगरसभा सदस्य अर्जुन बहादुर केसीले पेश गर्नुभएको थियो ।
साथै फलेवास नगर कार्यपालिकाको आर्थिक बर्ष २०७६/७७ को संशोधित बजेट तथा कार्यक्रम नगर उपप्रमुख तथा राजश्व परामर्श समितीका संयोजक मञ्जु अधिकारीले प्रस्तुत गर्नुभएको थियो ।
फलेवास नगरपालिका को पाँचौ नगर सभाले पारित गरेका २०७६/७७ को बजेटमा चालु तथा पुँजीगत तर्फ खर्च नभएका शिर्षकमा बजेट रकमान्तर गरि उल्लेखित शिर्षकमा संलग्न चालु तथा पुँजीगत तर्फ नपुग भएको क्षेत्रमा थपघट गरी बजेट संशोधन गरिएको फलेवास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुक्तिराम रिजालले बताउनुभयो ।
विधयेकमा कोभिड १९ को रोकथाम तथा नियन्त्रण, साना पुर्वाधार विकास, साझेदारी र समपुरक तर्फका अत्यावस्यक नयाँ योजना तथा कार्यक्रममा बजेट विनियोजन गरि ३ करोड ७७ लाख २५ हजार थप र रु ३ करोड ४९ लाख २५ हजारको संशोधित बजेट तथा कार्यक्रम प्रस्तुत भएको थियो ।
उक्त सबै प्रस्तावमाथि मंगलबार नै सभाका सदस्यहरुबीच छलफल भइ सर्वसम्मत रुपमा पारित भएको नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो ।
नगरसभामा बोल्दै नगरप्रमुख पदमपमणी शर्माले कोरोना भाईरसका कारण मानविय गतिविधिलाई प्रभावित गरेको अवस्थामा विकास निर्माणका कार्यमा पनि प्रभाव पारेकोले बताउँदै सभा सम्मेलन र नागरीक संवाद र सहयात्रामा अबरोध पुगेको, राजष्व संकलन र अन्तरसरकारी वित्तिय बाँडफाँडमा कठिनाइ भएको बताउनुभयो । शर्माले कोरोना महामारी रोकथाममा ठुलो रकम खर्च गर्नुपर्ने हुनाले विकासका अन्य गतिविधि संचालन गर्न कठिनाइ भएको बताउँदै कोरोनाको महामारीले भौतिक रुपमा टाढा बनाए पनि सम्पुणर् नगरबासी मनौवैज्ञानिक रुपमा नजिक रहनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!