सांसद गिरीद्धारा पूर्वाधार साझेदारी कार्यक्रमका आयोजनाहरुको अनुगमन - News site from Nepal

पर्वत- जिल्लाको जलजला गाउँपालिकामा सञ्चालन भएका स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको प्रतिनिधि सभाका सांसद पदम गिरीले अनुगमन गरेका छन् ।
चालु आर्थिक बर्षमा संघीय सरकारको कार्यक्रम अन्तर्गत स्थानीय तहहरुमा सिफारिस भएका पूर्वाधार साझेदारी कार्यक्रमको सांसद गिरीले अनुगमन गरेका हुन् ।
लड डाउनकै अवधिमा जलजला गाउँपालिकाले पूर्वाधार साझेदारी कार्यक्रमका आयोजनाहरुको निर्माण कार्य सम्पन्न गरेको छ । कार्यक्रम अन्तर्गतका आयोजना प्रत्यक्ष निर्वाचित संघीय सांसदको संयोजकत्वमा अन्य संघीय सांसदहरुले छनौट गर्न पाउँछन् ।

चालु आर्थिक बर्षमा जलजला गाउँपालिकामा उक्त आयोजनाको तर्फबाट वारीवेनी देखि माझफाँट सडकका लागि ५० लाख, मिलन चोक शालिजा लेकफाँट सडकका लागि २० लाख र हिमशिखर युवा क्लबको भौतिक पूर्वाधार निर्माणका लागि १० लाख रुपैया विनियोजन भएको थियो । ति आयोजनाहरु मध्ये वारी वेनी माझफाँट र मिलन चोक शालिजा लेकफाँट सडक निर्माणको सांसद गिरीले अनुगमन गरेका हुन् ।

सांसद गिरीले आयोजनाहरुको अनुगमनसंगै जलजला गाउँपालिका केहि वस्तीहरुमा पुगेर स्थानीयबासीसंग भेटघाट समेत गरेका छन् । लक डाउन, कोरोना संक्रमण र यसको न्यूनिकरणका लागि सरकारले गर्न सक्ने थप प्रयासका विषयमा समेत जनताका गुनासाहरु आफूले सुनेको सांसद गिरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!