पर्वतमा एसईई परिक्षा दिने विद्यार्थीलाई रेडियोवाट ट्युसन कक्षा शुरु - News site from Nepal

पर्वत– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणका कारण डेढ महिना भन्दा लामो बन्दाबन्दी जारी छ । बन्दाबन्दीका कारण अन्यौलमा परेको (एसईई) माध्यमिक शिक्षा परीक्षा दिने १० कक्षाका विद्यार्थीहरुलाइ सहयोग गर्न पर्वतमा रेडियोवाट ट्युसन पढाउन शुरु गरिएको छ ।
पर्वतको कुश्मा नगरपालिकाले गत चैत्र ६ गते देखि सुरु हुने भनिएको विद्यालय शिक्षा परीक्षा एसइइ स्थगित भएर घरमै वसीरहेका विद्यार्थीहरुलाइ पढाइमा सहयोग गर्न अनिवार्य तीन विषयको रेडियो ट्युसन कक्षा सन्चालन गरेको हो । लक डाउनको समयलाइ सदुपयोग गराउने काममा सहयोग गर्न नगरपालिकाले स्थानीय पञ्चासे एफ.एम, रेडियो शालिग्राम र रेडियो कुशुमवाट प्रत्येक दिन अनिवार्य अंग्रेजी, अनिवार्य गणित र अनिवार्य विज्ञान विषयको रेडियो ट्युसन कक्षा सन्चालन गरेको हो । इन्टरनेटको पहुँच नगरभित्र सवै ठाँउमा नपुगेकाले रेडियो मार्फत कक्षा संचालन गरिएको नगरपालिकाले जनाएको छ ।
विषयगत विज्ञता भएका शिक्षकहरुको परिचालन गरेर रेडियो मार्फत एसइइ दिने विद्यार्थीको पढाइमा सहयोग गर्न रेडियो टयुसन कक्षा सन्चालन गरिएको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो । लामो समय परीक्षा स्थगित हुँदा र घरमा वस्दा दिक्क मानिरहेका र फुर्सदमा भएका विद्यार्थीहरुलाइ व्यस्त राख्न र उनीहरुको सृजनात्मक विकास तथा पुर्नताजकीका लागि हौसला प्रदान गर्न नगरपालिकाको खर्चमा रेडियो मार्फत ट्युसन पढाइ कार्यक्रम सुरु गरिएको जोशीले बताउनुभयो ।
नगरपालिकाको सहयोगमा रेडियो मार्फत पढाउने कार्यक्रम बुधवार सम्झौता भई शुक्रवारवाट सुरु भएको हो । पएक महिनासम्म संचालन हुने ट्युसन कक्षामा प्रत्येक विषयमा दुई÷दुई जना शिक्षकले सहजीकरण गर्नुहुने भएको छ ।
प्रत्येक विषयका लागि हरेक दिन एक घन्टाको समय मिलाइएको र उक्त समयमा विद्यार्थीहरुले रेडियो सेटको नजिकै पुर्ण तयारीका साथ कापीकलम र किताव लिएर सिकाइमा लाभ लिन सक्ने कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले बताउनुभयो । उहाँले यसका लागि सवै अभिभावक सरोकारवाला र विद्यार्थीहरुलाइ सक्रिय सहभागिताका लागि आग्रह गर्नुभएको छ ।
पञ्चासे एफ.एम वाट विहान ९ बजेदेखि अंग्रेजी विषयको कक्षा संचालन हुने छ भने रेडियो शालिग्रामवाट विहान ८ बजे गणित विषयको ट्युसन कक्षा शुरु हुने छ । त्यसैगरी रेडियो कुशुमवाट विहान ७ बजे विज्ञान विषयको कक्षा संचालन गरिने नगर शिक्षा अधिकृत क्षेत्रीले जानकारी दिनुभयो ।
प्रविधिको सदुपयोग मार्फत विद्यार्थीहरुको सिकाइमा सहयोग पु¥याउन सन्चालन गरिएको रेडियो ट्युसन कार्यक्रम अन्तरगत हप्तामा दुई दिन विषयगत रुपमा प्रश्नोत्तर कार्यक्रम सन्चालन गरिने र उक्त प्रश्नोत्तर कार्यक्रममा विद्यार्थीहरुले विषयगत शिक्षकलाइ आफुले नवुझेका र नजानेका प्रश्नहरु सोध्न सक्ने छन् भने शिक्षकले रेडियो वाटै जवाफ दिनु पर्ने व्यवस्था पनि गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2020 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari