पर्वत- नोबेल कोरोना भाईरसको परिक्षणका लागि पर्वत जिल्लामा ¥यापिड टेष्ट गर्ने तयारी गरिएको छ । पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार कोरोना भाइरसको दुूत मार्गबाट परिक्षण कार्यका लागि १ सय वटा किट प्राप्त भएको छ ।
बागलुङमा शुरु भएको ¥यापिड परिक्षण कार्यसगै पर्वतमा पनि उक्त परिक्षणका लागि सामाग्री प्राप्त भएको हो । ¥यापिड परिक्षणका लागि पर्वतका स्वास्थ्यकर्मीहरुलाई बागुङमा परिक्षण समेत सम्पन्न भएको छ ।
प्रशिक्षण लगतै बागलुङमा परिक्षण कार्यको पनि शुरुवात भएको छ । पहिलो ३ जनामा गरिएको परिक्षणमा नजिता नेगेटिभ आएको बागलुङ स्थित सञ्चारमाध्यमहरुले जनाएका छन ।
एता, पर्वतमा पनि आवश्यकता अनुसार बढिमा १ सय जनाको परिक्षण गर्न सकिने सामाग्री उपलब्ध भएको अस्पतालले जनाएको छ । हालसम्म पर्वतमा थ्रोड स्वाब संकलन मार्फत ५१ जनाको कोरोना भाइरसको नमुना संकलन गरिएको छ ।
जसमध्ये ४६ जनाको रिर्पोट नेगेटिभ आएको छ भने बाँकीको रिर्पोट आउन बाँकी रहेको पर्वत कोरोना अस्पतालले जनाएको छ ।