पर्बतमा फेरी दुर्घटना जिपबाट खसेर बनौका ४८ बर्षिय बेल बहादुर पुर्जा गम्भीर घाईते - News site from Nepal

पर्बत- पर्वतको जलजला गाउपालिका वडा नम्बर ९ बनौ बस्ने ४८ बर्षिय बेल बहादुर पुर्जा जिपबाट खसेर गम्भीर घाईते भएका छन् ।
आज बिहान बनौ बाट कुश्मा आउदै गरेको ध १ ज ७५३ नम्बरको जिपमा सवार पुर्जा कुईश्मा नगरपालिका २ अमार्दी नजिक अचानक जिपको सिटबाट खस्दा घाईते भएका हुन ।
बिहान १० बजेको समयमा जिपबाट खसेका पुर्जाको टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यलय पर्बतले जनाएको छ । घटना पश्चात् उपचारको लागि जिल्ला अस्पताल पर्वतमा ल्याएको उनलाई पर्बत अस्पतालले पोखराको मनिपाल अस्पतालमा रिफर गरेको र अहिले मनिपालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय पर्बतका प्रहरी निरिक्षक बिकास थापाले जानकारी दिएका छन् ।

जिप र जिपका चालक प्रहरीको नियन्त्रणमा रहेको र घटनाको अनुशन्धान भईरहेको थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!