भिटोफ गण्डकी प्रदेशको अध्यक्षमा अधिकारी, ग्रामिण पर्यटन बाट आर्थीक सवलीकरणमा टेवाः मन्त्री लम्साल - News site from Nepal

माधव पराजुली, पोखरा

ग्रामिण पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको अध्यक्षमा नवराज अधिकारी चयन हुनुभएको छ । शुक्रबार पोखरा महानगरपालिका वडा नं. २१ निर्मलपोखरीमा भएको तेस्रो अधिवेसनले नयाँ नेतृत्व चयन गरेको हो ।
मञ्चको उपाध्यक्षमा सूर्यनाथ पहारी, सचिवमा माधव पनेरु,कोषाध्यक्षमा सुशीला भण्डारी रहनुभएको छ । त्यस्तै सदस्यहरुमा श्याम लामिछाने,सुजन तिमिल्सिना,हेमराज पहारी,गोमा ढकाल र सन्दिप गिरी सर्वसम्मत चयन हुनुभएको छ ।
पाँचौ साधारण सभा तथा तेस्रो अधिवेसनलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले ग्रामिण पर्यटन प्रवद्र्धन मञ्चले ग्रामिण क्षेत्रमा पर्यटकको सख्या वृद्धि गर्न तथा पर्यटकहरुको बसाई लम्बयाई ग्रामिण पर्यटनको माध्यमबाट आर्थीक सवलीकरणमा टेवा पु¥याएको बताउनुभयो । पर्यटकीय राजधानी मानीने पोखरा आएका पर्यटकहरुलाई ग्रामिण भेगमा लैजानको लागि ग्रामिण पर्यटन प्रवद्र्धनका नयाँ योजना बनाउन आवश्यक रहेको बताउनुभयो । मन्त्री लम्सालले ग्रामिण पर्यटनको विकास गरी उत्पदान वृद्धि,रोजगारी तथा आर्थीक समृद्धि हासिल गर्ने उद्देश्य अनुसार गण्डकी प्रदेश सरकारले ३ सय होमस्टेहरुलाई प्रवद्र्धन गरिरहेको बताउनुभयो । नेपाल पर्यटन बर्ष २०२० तथा गण्डकी प्रदेश पर्यटन बर्ष २०१९—२०२२ लाई मनाउदै गर्दा नेपाल भ्रमणमा रहने पर्यटकहरुको लागि पर्यटन मैत्री वातावरण तथा ग्रामिण क्षेत्रका संस्कृति र स्थानिय उत्पादनका परिकार स्वाद पस्कदै पर्यटकहरुको मन जित्नेगरी काम गर्न आग्रह गर्नुभयो ।
गण्डकी प्रदेश सरकारले होमस्टे दर्पण प्रकाशन गरेको र त्यहाँ सबै जानकारी लिनपाईने बताउदै होमस्टे डिजिटल म्याप तथा गण्डकी होमस्टे एप्सको समेत तयारी थालिएको मन्त्री लम्सालको भनाई छ । उक्त एप्सबाट होमस्टे बुकिङ गर्न तथा त्यहाँको सम्पूर्ण जानकारीहरु प्राप्त गर्न सहज हुने धारण राख्नुभयो ।
कार्यक्रममा वडाध्यक्ष खगराज आचार्य,नेपाल पर्यटन बोर्डका प्रबन्धक सुर्य थपलिया, भिटोफका केन्द्रिय अध्यक्ष ध्रुव सिम्खडा,संस्थाका संस्थापक अध्यक्षहरु केदार शर्मा,प्रेम शर्मा, पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवी शर्मा,शर्मा भिटोफका निवर्तमान अध्यक्ष रविन्द्रराज पौडेल लगाएतले बोल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!