पर्वतको कुश्मामा डुल्ने मानसिक सन्तुलन गुमेका पुनलाई पोखरा पठाइयो - News site from Nepal

पर्वत ः मानसिक सन्तुलन गुमाएपछि सदरमुकाम कुस्मा बजारमा बिभिन्न उछृङखल गतिबिधि गर्दै आएका टेकबहादुर पुनलाई उपचारको लागि पोखरा पठाइएको छ ।
दैनिकजसो बजारमा देखा पर्ने पुनले गुडिरहेका सवारी तथा हिँडिरहेका ब्यक्तिमाथि नै आक्रमण गर्ने, मदिरा सेवन गरी अनैतिक क्रियाकलाप गर्ने गरेको गुनासो बढ्दै गएको थियो । बजारमा पटक पटक उछृङखल काम गर्दै आएका पुनलाई प्रहरीले पटक पटक पक्राउ गरेपनि उनले प्रहरीलाई नै हैरान पार्ने गरेका थियो । पछिल्लो समय पर्वतको कुस्मा नगरपालिका ७ खरेहमा पुगेर महिलामाथि यौन दुव्र्यवहारको प्रयास नै गरेको भनी समाचारहरु आएका थिए । उनको ब्यवहारका कारण आजित बनेका बजारबासीले पुनलाई नियन्त्रणमा लिएर राख्नुपर्ने भनी प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलाई निवेदन नै बुझाएका थिए ।
टेकबहादुरका गतिबिधि बजारमा समस्या नै उत्पन्न हुन थालेपछि पर्वतका बिभिन्न व्यक्ति र निकायको पहलमा उनलाई उपचारको लागि पोखरा पठाइएको हो । जिल्ला प्रशासन कार्यालय पर्वतका अनुसार प्रमुख जिल्ला अधिकारी रेग्मी सहित प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीको पहलमा जलजला गाउँपालिका र कुस्मा नगरपालिकाको आर्थिक सहयोग तथा उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्माले लत्ताकपडा उपलब्ध गराएर पोखरामा रहेको आशाको साथी नामक सामाजिक संस्थामा राखेर उपचार गर्ने गरी टेकबहादुरलाई पठाइएको जलजला गाउँपालिका वडा नं. ९ का वढा अध्यक्ष गौवहादुर पुनले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!