CPN-UML candidate Prithvi Subba Gurung poses for a photograph after winning State Assemblies seat from Lamjung (B), on Monday, February 12, 2018. Photo: Ramji Rana

प्रमुख समाचार

नेताहरु जति झगडा गरेपनि पार्टी फुट्न हुँदैन : मुख्यमन्त्री गुरुङ्ग

By लोकतन्त्र अनलाईन

August 09, 2020

पर्वत – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ग पार्टी भित्र नेताहरु जति झगडा गरेपनि पार्टीलाई बिभाजन हुनबाट रोक्नुपर्ने बताउनुभएको छ । नेकपाका स्थायी समिति सदस्य समेत रहनुभएका गुरुङ्गले पर्वतको कुस्मामा पार्टीका कार्यकर्ताहरुलाई सम्बोधन गर्दै पार्टी फुटेमा त्यसले देशमा समेत गम्भीर संकट ल्याउने भएकाले झगडा भएपनि बिभाजन हुनबाट रोक्नुपर्ने बताउनुभएको हो ।

‘नेताहरुले झगडा गरिरहनुभएको छ, पार्टी गम्भीर संकटमा छ।’ उहाँले भन्नुभयो ‘जति सुकै झगडा गरेपनि बैठकमा गर्नुस, छलफलमा गर्नुस तर पार्टीलाई फुट्न दिनुहुँदैन।’ नेताहरुको झगडा पदको लडाई भएको बताउँदै मुख्यमन्त्री गुरुङ्गले पार्टी भित्र झगडा मतभेद हुनु स्वभाविकै हो भन्नुभयो ।

नेताहरुका बिचमा देखिएको बिबादमा कार्यकर्ताहरु समेत बिभाजित बनेर उत्तेजित नबनाउन मुख्यमन्त्री गुरुङ्गले निर्देशन दिनुभयो । नेताहरुका बिचमा एक अर्कामा हिलो छ्याप्ने र आरोप प्रत्यारोप लगाउँदा सम्बन्ध झनै बिग्रदै गएकोमा उहाँले चिन्ता ब्यक्त गर्नुभयो । ‘बैठकमा झगडा गर्ने, एकले अर्काका बिरुद्ध बिभिन्न प्रपोगाण्डा समेत फाल्ने काम भैरहेको छ ।’

उहाँले भन्नुभयो‘बिबाद र आरोप प्रत्यारोपले सहमतिलाई झनै पर धकेल्छ, कार्यकर्ताहरु पनि यस्तो बिबादमा नलागेर संयमित हुन जरुरी छ।’ प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट हटाउने कुरा संभब नभएको दोहो¥याउँदै अध्यक्षबाट हटाउन महाधिबेशन सम्म पर्खन र प्रधानमन्त्री पदबाट हटाउन चुनाब सम्म कुर्न आग्रह पनि गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आगामी अधिबेशनबाट पार्टी अध्यक्ष नउठ्ने र संसदीय निर्वाचन समेत नलड्ने घोषणा गरि सक्नुभएकाले बिचमा गरिएको बिबादको कुनै अर्थ नहुने उहाँको दाबी छ। उक्त भेटघाट कार्यक्रममा मुख्यमन्त्रीका राजनैतिक सल्लाहकार तथा गण्डकी प्रदेश कमिटीका सचिब गोबिन्दबहादुर नेपाली, नेकपाका केन्द्रिय सदस्य तथा पर्वत जिल्ला इन्र्चाज गुप्तबहादुर हमाल, पर्वत जिल्ला अध्यक्ष तथा प्रतिनिधीसभाका सदस्य पदम गिरीले पनि कार्यकर्तालाई संयमति हुन आग्रह गर्नुभएको थियो ।