पर्वतमा थप एक जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या १०२ पुग्यो - News site from Nepal

पर्वत – पर्वत जिल्लामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको नमुना परिक्षणमा थप एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
पर्बत जिल्लाको कुश्मा नगरपालिका वडा नं १ पाङ घर भै कुस्मा ४ मा बस्दै आएका २३ बर्षिय पुरुष्मा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देनालय पोखराले जनाएको छ । संक्रमितलाई गुप्तेश्वर क्याम्पसमा सञ्चालित पर्वत कोरोना अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । संक्रमण पुष्टि भएका युवा भारतबाट आएर क्वारेन्टाईनमा बसिरहेका थिए ।

यो संगै पर्वतमा संक्रमित हुनेको संख्या १ सय २ पुगेको छ । अहिले सम्म ९८ जना निको भएर घर फर्किसकेका छन भने ९८ जना आइसोलेसनमा उपचार गराईरहेका छन । गत २४ घन्टामा क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको कुल ४६२ नमुना परिक्षणमा गण्डकी प्रदेशमा नयाँ १ जना संक्रमित थपिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!